Logo

‘सबै समुदायको अधिकार स्थापित गर्नका लागि संशोधन गर्न सकिन्छ’



काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ‘अनन्त’ संविधान गतिशिल दस्ताबेज भएको र आवश्यक परे संशोधन हुनसक्ने बताएका छन्। सोमबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २० औं वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले भने, ‘सबै समुदायको अधिकार स्थापित गर्नका लागि संशोधन गर्न सकिन्छ। संविधान संशोधन हुँदै नहुने भन्ने होइन।’

संविधानमा सबै समूदायको अधिकार स्थापित हुन नसकेको भन्दै छुटेकालाई संशोधनमार्फत समेटेर अगाडि बढ्ने उनको भनाइ छ। उनले संविधान जारी भएसँगै आन्दोलनको चरित्र पनि बदलिएको बताए। उनले संविधान जारी गर्नुभन्दा अगाडि र अहिले आन्दोलनको स्वरुप एउटै नभएको दावी गरे।

प्रतिक्रिया दिनुहोस्