Logo

विद्युत प्राधिकरणले ७ अर्ब २० करोड नाफा कमायो



काठमाडौं, २८ साउन । नेपाल विद्युत् प्राधिकरणले आर्थिक बर्ष २०७५/७६ मा ७ अर्ब बढी नाफा कमाएको छ । उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी आर्थिक बर्ष २०७५र७६ मा प्राधिकरणले ७ अर्ब २० करोड नाफा कमाएको जानकारी दिए ।

२०७४र७४ मा प्राधिकरणले साढे २ अर्ब नाफा कमाएको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा प्राधिकरणले १ सय ४९ प्रतिशतले बढी नाफा कमाएको हो । प्राधिकरणले साँवा , व्याज र रोयल्टी गरी राज्यको ढुकुटीमा १५ अर्ब ५९ करोड रुपैया जम्मा गरेको छ । प्राधिकरणले विद्युत् चुहावटमा पनि उल्लेख्य रुपमा कमि ल्याएको छ ।

अघिल्लो बर्षको भन्दा ५ दशमलब १३ प्रतिशतले विद्युत् चुहावट घटेको छ । हाल प्राधिकरणको विद्युत् चुहावट १५ दशकमलब १३ प्रतिशत छ । प्राधिकरणले गत आर्थिक बर्षमा ३ करोड ४७ लाख युनिट अर्थात् ३२ करोड रुपैयाको विद्युत् निर्यात गरेको छ ।\

पत्रकार सम्मेलनमा उर्जा मन्त्री पुनले लामो समय देखि रुग्न बनेको अप्पर त्रिशुली ३ ‘ए’ तथा कावेली करिडोर लगायतका उत्पादन तर्फ १, प्रशारण तर्फ ३ र वितरण तर्फ ३४ गरी ३८ वटा रुग्न आयोजनाहरु सम्पन्न भएको जानकारी दिए ।

उनले काठमाण्डौ उपत्यकालाई ताररहित बनाउने अभियान अन्र्तगत भूमिगत तार बिछ्याउने काम छिट्टै सुरु गरिने बताए । विद्युत् चुहावटमा कमि ल्याउदै प्रभावकारी सेवा विस्तार लगायतका सुधार गर्दे अघि बढेको प्राधिकरणले भविष्यमा थप नाफा आर्जन गर्ने विश्वास व्यक्त गरे । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्