Logo

प्रधानमन्त्रीले मन्त्रीहरुलाई सानो भ्रष्टाचार गर भन्दै आफू ठूलो भ्रष्टाचार गरिरहेछन्- मीन विश्वकर्मा



नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्मा सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन् । मन्त्री समेत भइसकेका उनी बेला बेलामा विवादमा परिरहन्छन् । विश्वकर्मासँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलाले गरेको कुराकानीः

नेपाली कांग्रेसमा नेताहरुको बीचमा सहमतिका के के सम्भावना देखिन्छ ?
नेपाली कांग्रेस पार्टी आफैमा लामो समयसम्म राजनीतिक गरेको दल र लोकतान्त्रिक अभ्यास गरेको दल हुनाले सहमतीय प्रक्रियामा जानका लागि लामो समय लाग्यो तर सहमती भएरै छाड्यो यसबाट के प्रस्ट हुन्छ भने नेपाली कांग्रेस भित्र बहस छलफल हुन्छ, अन्तत ः फेरी सहमति र निष्कर्षमा पुग्नका लागि नेपाली कांग्रेस आफैमा सफल छ भन्ने कुरा बैठकको निर्णयबाट प्रमाणित भएको छ ।

तर महाधिवेशनको कार्यतालिका अझै आएन नि त ?
महाधिवेशनको तालिका पनि आओस भनेर जसरी नेताहरुले बैठमा धारणा राख्नुभयो त्यो पनि उत्तम छ त्यो पनि स्वभाविक हो तर नेपाली कांग्रेस पार्टीको विधान र नेपालको संविधानले नै कुनै पार्टीको समितिको कार्यकाल कति वर्षको हुने भनेर तोकिसकेको छ भने अब कार्यतालिका लेउ भन्नु उचित होइन तथापि महाधिवेशनको प्रक्रियाको लागि कार्य समितिहरुको समायोजन,साझा नेतृत्व चयन,अन्तरीम वयवस्थापन,क्रियाशिल सदस्य वितरण भनिसकेपछि महाधिवेशन सुरु भएकै बुझिन्छ । त्यसैले कार्यतालिका मंसिर पछाडीको बैठक पछि लयाउने कुरा त्यहाँ परेको हुनाले यसमा थप विवाद गर्नुपर्ने देखिन्न ।

त्यसो भए शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच सहमति भयो ?
शेर वहादुर देउवा र रामचन्द्र पौडेल मात्र होइन नेपाली कांग्रेस केन्द्रिय समितिमा उठेका विविध धारणहरुलाई समेट्दै पार्टी नेतृत्वले सहज निर्णय गर्न सफल भयो त्यसमा सबैको सहमति भएको बुझ्नुपर्छ ।

त्यसो भए तपाईंहरु महाधिवेशनको तयारीमा जुट्नु भयो त ?
महाधिवेशमा अहिल्यै किन जुट्ने ?०७७ साल फागुन भित्र महाधिवेश गर्ने भन्ने पार्टीभित्र नेतृत्वमा पनि केन्द्रिय कार्यसमिति र स्थानीय तहसम्मको पंक्तिमा ०७७ फागुनसम्म महाधिवेशन सकिनेछ भन्ने भएपछि अब महाधिवेशनमा लागिसक्यो । अब क्रियाशिलता सदस्य वितरणको तयारी भइ राखेको छ । नियमावली पारित गरेर नियमावली अन्तर्गतका संरचनाहरुलाई दुरुस्त राख्ने तयारी भई राखेको छ । सोही अनुसार क्रियाशि अद्यावधिक गर्ने कुरा भई राखेको छ । त्यसकारण हामी अब जसरी पनि महाधिवेशनमा जानैपर्छ । हामी ०७७ फागुनभित्र महाधिवेशन सक्छौ ।

भातृ संगठन बीच तपाईँहरुको कहिले सहमति हुन्छ त ?
वर्षौंदेखि सभापतिले यसमा सहमति खोज्ने प्रयास गरिराख्नु भएको छ । पार्टीभित्र नेपाली कांग्रस चुनावमा दास्रो बन्न पुगेको छ । अप्रत्याशित रुपले हामीले परिणम हारेका छौ त्यसले पार्टीभित्र हरेक पटक मत विभाजन गर्ने हरेक पटक निर्वाचन गरेर पार्टीलाई थप थिलथिलो बनाउनु भन्दा पार्टीभित्र सहमतिमो वातावरण सिर्जना गदै पार्टीलाई एक ढिक्का भनाएर जाने सभापतिको मनसाय भएको कारणले सहमति खोज्दा विलम्व भएको कुरा सत्य हो । त्यसैले अब सभापतिले सकभर त्यसमा सहमति जुटाएर जानुहुनेछ । होइन भने पनि पार्टीभित्र अनिर्णयको बन्दी नरहनको लागि पार्टीको विधान,संसदीय अथवा प्रजातान्त्रिक प्रक्रियाहरु अपनाएर छिटो निर्णय गर्दै सबै पार्टीका भातृ संगठनहरु सगठानिक संरचनाहरु र महाधिवेशनको प्रक्रियालाई सभपतिले अत्यन्तै छिटो र छरितो ढंगबाट अगाडि बढाएर लानु हुनेछ ।

महाधिवेशनको लागि तपाईहरु तयारी हुनुहुन्छ तर समिति कहिले बनाउनु हुन्छ त ?
पार्टीगत विवाद समितिहरु चाडैँ बन्छन् यो बैठक सकिए लगत्तै नेनिसंघले पनि पूर्णता पाउनेछ नेविसंघको गठन हुनेछ र तरुण दलले पूर्णता पाउनेछ साथै अन्य भातृ संस्थाहरुको पनि महाधधिवेशन मंसिर अगाडि नै सम्पन्न गर्नका लागि पार्टी निर्णय गरी निर्देशन दिनेछ ।

देशमा भस्ट्राचार ह्वात्तै बढेको छ तर कांग्रेस मौन छ भस्ट्रचारमा तपाईहरुको संलग्नता हो ?
नेपाली कांग्रेसले नै गर्दा संसदमा सत्तापक्ष निरीह बन्यो सत्तापक्ष एकलियो प्रतिपक्षको कदमका कारण प्रधानमन्त्रीले संसदमा उहाँको भुमिकालाई समेटेर संसदमा फेस गर्न सक्नुभएन । सरकार संसद एक्लियो के भयो भन्ने कुरा तपाईहरुले देखिराख्नु भएको छ । यो विरोधाभास समाचार सम्प्रेषण भएको छ । वास्तवमा त्यस्तो होइन सरकार दुई तिहाइको बहुमत छ, भनेर चाहिने नचाहिने जनविरोधी भावना विपरीतका प्रस्ताव र विधेक संसदमा लगिराखेको छ नेपाली कांग्रेसले त्यहाँ कडा प्रतिरोध गरिराखेको छ । नेपाली कांग्रेस यो सरकार संविधान अनुसार चल्नुपर्छ,यो सरकार ऐन बमोजिम चल्नुपर्छ,यो सरकारले जनताका विचमा निर्वाचनमा गरेका वार्तालापलाई पूरा गर्ने गरी अगाडि जानुपर्छ होइन भने नेपाली कांग्रेस यसलाई कडा प्रतिरोध गर्छ भन्दा दिनहुँ नेपाली कांग्रेस गइराखेको छ भने अब नेपाली कांग्रेस कमजोर छैन । नेपाली कांग्रेस तथा प्रमुख प्रतिपक्ष दलले उठान गरेका विषयहरु राष्ट्रिय मुद्धा भए कि भएनन् भन्दा हामीले कडा रुपमा उठाएका छौ । सरकारको मुख्य जिम्मेवारी भनेको शान्ति,सुरक्षा,अमनचैन कायम गर्नु हो । दिन डाहडै नेपाली आमा, छोरीहरुको बलत्कार भईराखेको छ, अपराधीहरु फरार छन्,सरकार त्यसको संरक्षण गदैेन,त्यसको हामीले भण्डाफोर र विरोध गरेका छौ । सरकारले संस्थागत र बैधानिक रुपले भस्ट्रचार गर्नलाई चिकित्सा शिक्षा जस्तो विधेयक प्रस्तुत गरेर सरकार अगाडि आयो त्यसमा हामीले वैधानिक र संस्थागत भस्ट्रचार गर्न थाल्यो भन्यौ त्यस्तै गरी वाइडवडी काण्डमा सरकारले संस्थागत भस्ट्रचार ग¥यो सरकारले नेपाल टेलिकमले सञ्चालन गरेको फोर्जी सेवामा सरकारले ६ अर्बले हुने ठाउँमा १८ अर्ब खर्च ग¥यो त्यसमा पनि हामीले संस्थागत भस्ट्रचार भयो भन्दा भस्ट्रचार विरुद्ध प्रधानमन्त्रीले भ्रष्ट्राचार गर्ने निकायहरुलाई आफ्नो मातहतमा ल्याउने जुन कानुनी प्रावधान बनाउनुभयो त्यसको विरुद्धमा नेपाली कांग्रेसले लामो समयसम्म संसदमा कडा प्रतिरोध गरेको छ । त्यसैले नेपाली कांग्रेस भस्ट्राचार विरुद्ध कडा रुपमा उत्रिएको छ । किनभने नेपाली कांग्रेस पार्टी आफ्नो सरकामा हुँदा अख्तियार अनुसन्धान आयोगको स्थापना गर्ने, अख्तियारको ऐन ल्याउने नेपाली कांग्रेस भ्रष्ट्राचार विरुद्ध बोल्दैन भन्ने होइन ।

वाइडवडी काण्डमा तपाईहरु चुक्नुभएको छ । तपाईका पार्टीभित्रका नेताहरुको संलग्नता छ ।
जुन व्यक्ति त्यसमा संलग्न छन् वा छैनन् तपाई हामीले खोज्ने कुरा होइन त्यो कुरा कानुनी वैधानिक निकायले खोज्ने हो । अख्तियार,राष्ट्रिय सर्तकता केन्द्र,लेखा समिति,संसद भित्र छलफलको विषयहरुले खोज्ने कुरा हो तर नेपाली कांगेसका पार्टीका नेता, सभापति संसदीय नेताले कार्यालय अवधिमा रोस्टममा उभिएर वाइडवडी काण्ड तत्काल छानविन हुनुपर्छ । होइन भने नेपाली कांग्रेस यसरी टुलुटुल हेरेर बस्दैन । बालुवाटारको सरकारी जग्गा हिनामिना गरेकोमा तत्काल छानविन हुनुपर्छ र लेखा समितिको सिफारिस तत्काल कार्यान्वयन हुनुपर्छ भनेर नेपाली कांग्रेसले कडा रुपमा बोलेको छ तर सरकार निरन्तर भस्ट्रचार गरिरहने दुई तिहाइको दम्बमा प्रमुख प्रतिपक्षको कुरा सुन्दै नसुन्ने जनताका आवाजलाई वेवास्ता गदै जाने,माईतीघर मण्डलामा निकालेका जुलुसलाई उनीहरुले नाटक गरे जस्तो गरेर व्यवास्ता गर्ने अनि मिडियाहरुले प्रतिपक्ष कमजोर भयो भनेर भन्ने होइन । सरकारले काम गरेन, सरकार अधिनायकवादी भयो, सरकार तानाशाही भयो, अधिनायकवादी र तानाशाहीको झकझकमा उभिएर सरकार थप भष्ट्राचार र वेभिचारी भयो भनेर समाचार लेख्ने बेला आइसकेको छ ।

भस्ट्राचारीलाई बचाउन र संस्थागत गर्नको लागि तपाईँहरु पनि जिम्मेवार हुनुहुन्छ नि ?
जसले भष्ट्राचार गरेको छ त्यो कुन कुन पार्टीर दलमा छ भनेर चुप लागेर बस्ने होइन भस्ट्रचार खोज्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रि सर्तकता केन्द्र,लेखा समिति, राजस्व अनुसन्धान विभाग,सम्पत्ति शुद्धिकरण आयोग जसले निकायहरु जहाँ छन्् ती आयोगहरु प्रधानमन्त्रीले अख्तियार बाहेक विभिन्न निकाय आफ्नो मातहतमा र नियन्त्रणम ल्याउने र आफ्नो मातहतमा राख्ने अनि मन्त्री परिषदले भस्ट्रचार र ठूल्ठूला निर्णय गर्दै जाने । प्रधानमन्त्रीले म भ्रष्ट्राचारीको मुखै हेर्दिन भन्ने । भ्रष्टाचार सानोमा नगर्ने अरबमा गर्ने त्यस्ता कुरालाई संसदमा कांग्रेसले उठाउँदा कांग्रेसलाई नै भस्ट्रचारी भनेर एकदम ठट्टा मज्जाको जवाफ दिने । हाम्रो कुरा के हो भने पार्टीले भ्रष्ट्राचार गर्ने होइन भ्रष्ट्राचार व्यक्तिले गर्ने हो । त्यस्ता व्यक्तिलाई खोजीखोजी कारबाही गर्ने व्यवस्था त ल्याउनु प¥यो नि भन्दा प्रधानमन्त्रीले त्यो कुरा सुन्नुभएको छ । २५ अर्ब भन्दा माथिको ठेक्का पट्टा दिनु परेमा प्रधानमन्त्रीले मात्र दिन पाउने व्यवस्था गरेको छ भनेपछि सानो भ्रष्ट्राचार मन्त्रीहरु गर ठूलो भ्रष्ट्राचार म गर्छु है भन्ने उहाँको व्यक्तिगत आशय देखिन्छ ।

तपाईको पार्टी माथि भ्रष्ट्राचारको संरक्षण दिएको आरोप छ ?
६ ओटा प्रदेशमा यही पार्टीको सरकार छ । एउटा प्रदेशमा छुट्टै पार्टीको सरकार छ । स्थानीय तह र प्रदेश सरकारको बिचमा अहिले टसल भएको कारण अधिकांश स्थानीय तहमा नेपाली कांग्रेसको नेतृत्व छ । नेपाली कांग्रेसको नेतृत्व भएको ठाउँमा कर नबढाउ, जनताको सेवा गरौं र तिमीहरुले भस्ट्रचार गरे पार्टीलेसहने छैन भनेर हामीले निर्देशन गरेका छौ । तर जहाँ नेपाली कांग्रेसले हारेको छ त्यो ठाउँमा कर बढाउको अवस्था र उनीहरुले भस्ट्रचार गरेको अवस्था हेर्नुहोस् । भ्रष्ट्राचार गर्नको लागि माथि देखि तलसम्म लाइन मिल्नुपर्ने रहेछ हैन ? लाइनलाई स्थानीय तह, प्रदेश सरकारको तालमेलको निर्देशनमा सस्थागत भस्ट्रचार भइराखेको छ । विश्वका सबैभन्दा भ्रसट मुलुकका रुपमा हाम्रो नेपाल परिचित हुँदै छ । त्यसमा प्रधानमन्त्रीले नेतृत्व गरिराख्नु भएको छ । त्यसैले अब सम्पूर्ण नेपालीहरु र राजनैतिक दलहरु मिलेर यो सरकारका संरचना नगरेको अनुगमन गर्ने बेला आइसकेको छ ।

विधेयक पारित गर्नको लागि सरकरले गृहकार्य सुरु गरिसकेको छ त्यसमा तपाईहरुको सहमति भएकोे हो ?
नेपाली कांग्रेस पार्टीको आफ्नो स्थापना कालदेखिको धर्म भनेको जनताको स्वतन्त्रताको सबै भन्दा उत्कृष्ठ स्वरुप भनेको प्रजातन्त्र हो । प्रजातन्त्रको मेरुदण्ड भनेको सञ्चार क्षेत्र हो । सञ्चार क्षेत्रको स्वतन्त्रता र सञ्चार क्षेत्रका स्वायतताकै लागि नेपाली कांग्रेस लडिराखेकै पार्टी हो । सरकारले लिएको निती र काउन्सिल विधेयक माथि नियन्त्रण गर्न ल्याएको विधेयक भन्ने हामीले बुझेका छौ । त्यसैले आम नेपाली समुदायले पनि त्यही बुझेको छ । तर त्यसमा मलाई लागेको छ पत्रकार महासंघसँग गोप्य सल्लाह र गोप्य साथगाठ गरेर पत्रकार महासंघको अध्यक्षको दोहोरो भुमिकाको कारणले अहिले गोप्य रुपले आन्दोलन गर्दा विपक्ष र आम नेपाली जनता सडकमा उतार्ने त्यस पश्चात पत्रकार महासंघ केही व्यक्ति साटकसुटुक गएर प्रधानमन्त्री र सत्तारुढ दल अध्यक्षसँग बसेर गोप्य रुपमा कालो कोठामा बसेर सारा सहमतिहरु गरेर फेरी पनि प्रमुख प्रतिपक्ष र नेपाली जनतालाई छल्ने काम भइराखेको छ भने कांग्रेसलाई त्यो मान्य हुने छैन । यदि त्यस्तो जनविरोधी र प्रेस स्वतन्त्रता विरोधी त्यस्ता खालका विधेयक फेरी दोहोरिएर आए भने नेपाली कांग्रेस नियमित रुपले संसदमा आफ्नो धारणा सहित प्रतिरोध र विरोेध गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्