Logo

भुवन केसीसँग भारतीय राजदूत पुरीको भलाकुसारी



काठमाडौं । भारतीय राजदूत मञ्जिव सिंह पुरी प्रमुख अतिथि रहेको युवासम्बन्धि कार्यक्रममा नेपालका प्रभावशाली नेता देखि कलाकारसम्म पुगेका थिए । २८ साउनमा लाजिम्पाटस्थित होटल र्याडिसनमा भएको कार्यक्रममा सेलिब्रिटीहरुको बाक्लो उपस्थिति थियो ।

फ्रि युथ डेमोक्रेटिक युनीयनले आयोजना गरेको कार्यक्रममा राजदूत पुरी बोलिरहँदा मञ्चमा स्रोता थिए पूर्वमन्त्रीहरु राजेन्द्र महतो, राजकिशोर यादव, मनिष सुमन । त्यसबाहेक भेट्रान कलाकार निर शाह देखि भुवन केसी सम्म थिए । भुवनले राजदूत पुरीसम्म राम्रै भलाकुसारी गरे ।
रसिक स्वभावका पुरीले कलाकारहरुसँग हाँसीमज्जा पनि गरेका थिए । भुवनसँग राजदूत पुरीले ठट्टा गरिरहँदा निर शाह हेरिरहेका थिए ।

भारतको स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा नेपाल भारत सम्बन्ध सम्बन्धि विभिन्न कार्यक्रम भइरहँदा राजदूत पुरी सक्रिय छन् । उनलाई कार्यक्रमहरु भ्याइनभ्याई छ । पुरीले कार्यक्रममा कुनै राजनीतिक भाषण गरेनन् । युवाहरुको भूमिका देश निर्माणमा महत्वपूर्ण रहेको बताए । तस्वीरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्