Logo

१३ वर्षीया बालिकामाथि बलात्कार



भापा । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका-२ मा ज्याला मजदुरी काम गर्ने धनकुटा पात्लेखोला घर भएका २३ वर्षीय सन्तोष तामाङ पक्राउ परेका छन् । उनलाई २८ साउनको बिहान प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्