Logo

जङ्गलमा चक्कु बोकेका मोदी



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जङ्गलमा हतियारसहित देखिने छन् । घना जङ्गलमा मोदी एक्लै भने हुनेछैनन् । उनको साथमा धारिलो हतियार र अर्का एकजना सेलिब्रिटी हुनेछन् ।


डिक्कभरी च्यानलमा प्रसारण हुने म्यान भर्सेस वाइल्डमा मोदी बियर ग्रिल्ससँग जङ्गलमा हुनेछन् । अगष्ट १३ मा प्रसारण हुने कार्यक्रममा मोदी जङ्गलमा भौतारिइरहेको हुनेछन् । उनले आफ्नो बाल्यकाल देखि प्रकृतिप्रेम सुनाइरहेका हुनेछन् ।


हतियारसहित देखिने मोदी आफ्नो संस्कृतिमा हिंसा नभएको सनाउनेछन् । जङ्गली जनावर नजिक मोदी ग्रिल्ससँग हुनेछन् । मोदीले आफ्नो जीवनको ऊर्जाबारे समेत बताउनेछन् । ९ बजे डिस्कभरीमा प्रसारण हुने म्यान भर्सेस वाइल्डमा मोदीको कार्यक्रम चासोका साथ लिइएको छ । स्रोतः सामाजिक सञ्जाल



प्रतिक्रिया दिनुहोस्