Logo

कुलमानको कमाल : विद्युत प्राधिकरणको नाफा १४९ प्रतिशतले वृद्धि



साउन २८, काठमाण्डौ । सक्षम र योग्य नेतृत्व भयो भने संकटमा परेको संस्था पनि सहज अवस्थामा पुग्न सक्छ । यसैको ज्वलन्त उदाहरण हो नेपाल विद्युत प्राधिकरण । भ्रष्ट र कमिसनको खेलमा लाग्ने व्यक्ति रहुन्जेल अस्तव्यस्त भएको प्राधिकरणमा कुलमान घिसिङ कार्यकारी निर्देशक भएसँगै सुधार भएको हो । घिसिङले प्राधिकरण सम्हाल्नुअघि घाटा मात्रै होइन, लोडसेडिङले दिक्क बनाएको थियो ।

नेपाल विद्युत प्राधिकरणले एक वर्षमै १४९ प्रतिशत नाफा वृद्धि भएको छ । लोडसेडिङ अन्त्य गरेर विद्युत प्रसारण र वितरणलाइनको सुदृढीकरणमा केन्द्रित भएको विद्युत प्राधिकरणले एक वर्षमै ७ अर्ब २० करोड नाफा आर्जन गरेको छ ।

विद्युत प्राधिकरण लगातार तेस्रो वर्ष नाफामा गएको हो । घिसिङले नेतृत्व सम्हालेलगत्तै ठूलो घाटामा रहेको प्राधिकरणले नाफा आर्जन गर्न सुरु गरेको थियो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणको आर्थिक अवस्थाबारे जानकारी गराइएको हो ।

नाफा कमाउन प्राधिकरणले विगतको तुलनामा चुहावट नियन्त्रणको प्रतिशत समेत बढाएको छ । यो आर्थिक वर्षमा विद्युत् चुहावट अघिल्लो वर्षको तुलनामा ५.३२ प्रतिशतले कमी आएको छ । विद्युत खरिद नेपाल विद्युत् प्राधिकरणले नेपाली उत्पादकबाट नीजि उत्पादनकबाट १४ अर्ब १३ करोडको खरिद गरेको छ भने भारतबाट २३ अर्ब ३ करोड खरिद गरेको छ ।

२०७३ भदौमा घिसिङ कार्यकारी निर्देशकमा रुपमा प्राधिरकणमा प्रवेश गरेका थिए । उनी आउँदा प्राधिकरण वार्षिक ८ अर्ब ८९ करोड घाटामा थियो । तर, घिसिङ नेतृत्वमा आएको ११ महिनामा नै घाटा हटाउँदै १ अर्ब ४६७ करोड नाफा आर्जन गर्न प्राधिकरण सफल भयो ।

त्यसपछिका आर्थिक वर्ष २०७४–७४ मा पनि प्राधिकरणले २ अर्ब ८५ करोड नाफा कमायो । यो वर्ष भने प्राधिकरणको नाफामा उच्च वृद्धि भएको हो । विद्युत प्राधिकरणको कुल सञ्चित नोक्सानी पनि १५ अर्ब १३ करोडमा झरेको छ । कुलमान नेतृत्वमा आउँदा प्राधिरकणको कुल सञ्चित नोक्सानी ३४ अर्ब ६१ करोड थियो । आर्थिक वर्ष २०७४–७५मा प्राधिकरकणको सञ्चित नोक्सानी २५ अर्ब ५९ करोड थियो । प्राधिकरणले एक वर्षमा नै सञ्चिती नोक्सानी १० अर्बले घटाएको छ ।



प्रतिक्रिया दिनुहोस्