Logo

हेगको हल्ला चलिरहँदा अष्ट्रेलियाली राजदूतले पूर्व बाल सैनिक भेटे बाल सैनिक भेटे



काठमाडौं । पूर्व बाल लडाकुलाई अष्ट्रेलियाली राजदूत पिटर बुडले भेटेका छन् । दूतावासमा पुगेका बर्हिगमित माओवादी लडाकुको टोलीसँग राजदूत बुडले भेटेका हुन् ।

भेटमा पूर्व बाल सैनिक लेनिन बिष्टसहित दश जना थिए । २७ साउनमा भएको दुई घन्टा लामो भेटमा बालसैनिकको समस्या र मानवअधिकार हननका घटनाका दोषीमाथि कारबाही गर्नेबारे छलफल भएको बुझिएको छ ।

भेटमा सहभागी एक पूर्व बालसैनिकका अनुसार राजदूत बुडले मानवअधिकारको संरक्षणमा अष्ट्रेलियाको भूमिका सधै सशक्त हुने बताए । राजदूत बुड मानवअधिकारका सवालमा स्पष्ट बोल्ने कुटनीतिज्ञ हुन् । उनले विगतमा नेपाली नेताहरु अष्ट्रेलिया र अमेरिकामा पक्राउ पर्न सक्ने भन्दै भ्रमण नगर्न भनेका थिए । त्यसपछि अधिकांश नेपाली नेताहरु यूरोप र अमेरिका जान छाडेका छन् । उनीहरु पक्राउ पर्ने खतरा स्वयं राजदूतले औल्याएपछि त्रसित भएका हुन् ।

बर्हिगमित माओवादी लडाकुहरुले सरकारप्रति असन्तुष्टि पोख्दै आएका छन् । उनीहरुको भवना बुझेर राजदूतले बोल्ने र भेटघाट गर्ने गर्छन् ।
यसैगरी, बर्हिगमित माओवादी लडाकुले सरकारले आफूहरुको माग पूरा नगरे अन्तर्राष्ट्रिय फौजदारी अदालत ‘द हेग’ जाने चेतावनी दिएइसकेका थिए । रिपोर्टर्स क्लब नेपालमा ९ साउनमा पत्रकार सम्मेलन गदै पूर्व बाल लडाकुले पुनः स्थापनाको लागि आवश्यक र उपयुक्त सहयोग प्रदान नगरे माओवादीका तत्कालिन नेताहरु प्रचण्ड, डा। बाबुराम भट्टराईलगायत दश वर्ष लामो माओवादी द्वन्द्वसँग जोडिएकाहरुलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पुर्याउने चेतावनी दिए। लेनिन बिष्टले हेग पुर्याउँछु भनेपनि प्रचण्ड हेग पुगे हीरो बनाइने बताए ।



प्रतिक्रिया दिनुहोस्