Logo

इजराजयली जहाज डुबाइदिने इरानको धम्की



इरानले खाडीको समुन्द्रमा इरानको जहाज डुबाइदिने धम्की दिएको छ । खाडीको समुन्द्रस्थित स्ट्रेट अफ होर्मुजमा अमेरिकी नेतृत्वको गठबन्धनका जहाजहरु तैनाथ गरिरहँदा इरान पनि सहभागी हुनलाग्दा इरानको चेतावनी आएको छ ।

इरानको सैनिकले आफ्नो समुन्द्रीय क्षेत्रभित्र विना अनुमति आउने कुनैपनि विदेशी जहाजलाई नियन्त्रणमा लिने चेतावनी समेत दिएको छ । अमेरिकाले स्ट्रेट अफ होर्मुजमा गठबन्धन जहाजहरु राख्ने नीति लिएपछि इरान झन् कडा रुपमा प्रस्तुत हुँदै आएको छ ।

इरान र इजरायलबीच लामो समययता विवाद चल्दै आएको छ । इरानले पेलिस्टाइनी भूमि कब्जा गर्दै आएको भन्दै इरानले असन्तुष्टि जनाउने गरेको छ । मध्यपूर्वमा इजरायको उपस्थितिलाई इरानले रुचाउँदैन ।

पछिल्लो समय खाडीको समुन्द्रमा अमेरिका र युरोपेली देशका जहाजहरुको बढ्दो आवतजावतलाई लिएर इरानले चेतावनी दिदै आएको छ । उसले ब्रिटिश जहाजलाई कब्जामा लिएको छ ।



प्रतिक्रिया दिनुहोस्