Logo

घरबेटीलाई कोठा बस्नेले बलात्कार गरेपछि…



काठमाडौं । कोठा बस्नेले घरबेटीमाथि बलात्कार गरेका छन् । बलात्कार गर्ने व्यक्ति पक्राउ परेका छन् ।

आफ्नै घरबेटीलाई रातीको मौका पारेर बलात्कार गरेर फरार रहेका सुनबहादुर लामा पक्राउ परेका हुन् । काभ्रेपलाञ्चोक स्थित पाँचखाल नपा–४ शिखरपुरमा डेरागरी बस्ने ३१ वर्षका सुनबहादुर लामाले घरधनी महिलालाई २३ जेठको राति जबर्जस्ती करणी गरेका थिए । पटक–पटक धम्क्याउदै आएका लामाले राती १ बजेको समयमा जबर्जस्ती करणी गरेको उजूरी महिला स्वयंले गरिन् । प्रहरीलाई उजुरी गरेपछि घटना बाहिर आएको थियो ।

“मेरो परिवारलाई भोज छ भनी बोलाएर खुवाइसकेपछि म सुतिरहेको अवस्थामा राति १ बजे जबर्जस्ती ग¥यो, कसैलाई भने मारिदिन्छु भनेर पटक–पटक धम्क्याएर जबर्जस्ती गरिरहेपछि सहन नसकी प्रहरीकोमा उजुरी गरेँ” ३३ वर्षीया पीडित महिलाले प्रहरीसंगको बयानमा बताएको काभ्रे प्रहरीले जनाएको छ ।

लामा उक्त घरमा विसं २०७२ देखि डेरा गरी बस्दै आएका थिए । घटनापछि पीडित महिलाले प्रहरीमा उजुरी गरेपछि लामा फरार अवस्थामा रहेका थिए । प्रहरीले सोमबार लामालाई पक्रेर मङ्गलबार जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्