Logo

रक्सीसँग बिर्सेर पनि खान नहुने



काठमाडौं । धेरै जसो मानिसहरूले रक्सीसंग शितन खाने गर्छन् । रक्सीसंग शितनमा भुजिया, निम्की, आलू चिप्स, चाउ चाउ, चटपटे जस्ता नुनिलो खाने कुराहरु खाने गरिएको पाइन्छ । यस्तो नुन धेरै भएको खानेकुरा खादा बढी तिर्खा लाग्ने हुँदा मानिसहरू अझ बढी रक्सी पिउन थाल्छन् । यसले हाम्रो शरीरमा पानीको मात्रा निकै काम पारी दिन्छ । यस्तो खानेकुरामा कोलेस्ट्रोलको मात्रा धेरै हुने भएकोले हामीलाई भोक लाग्न दिँदैन र हाम्रो शरीरलाई भारी बनाउने काम गर्छ ।

रक्सीसंग चीसो वा सोडा मिसाएर कहिले पनि खाने गर्नु हुँदैन । सोडा तथा कोल्ड ड्रिंकले हाम्रो शरीरमा पानीको मात्रा कम गराएर डिहाइद्रेसन गराउछ । चीसो पियपद्धार्थ र सोडाको सट्टामा जुस, पानी तथा बरफ मिलाएर रक्सी खान सकिन्छ । धेरै जसो मानिसहरूले धेरै नसा चढाउनुका लागि रक्सीसँग विभिन्न गुलियो पदार्थहरु पनि सेवन गरेको देख्न सकिन्छ ।

गुलियो चिजले नसा बढाउने काम गर्छ र अनियन्त्रित बनाउनुका साथै हाम्रो शरीरमा असर पुर्याउने गर्छ । कोहि कोहि मानिसहरुले चाही रक्सीसंग दुग्ध पदार्थ जस्तै दही, चीज आदिको सेवन गर्ने गर्छन् । साथै यो पदार्थलाई राखेर पकाएको खानेकुराको समेत सेवन गर्नु राम्रो मानिदैन । चिज पच्न्न धेरै समय लाग्ने भएकोले अझ रक्सी संग मिसिदा यसलाई अझ बढी समय लाग्ने देखिन्छ । यसले गर्दा हाम्रो पेट सम्बन्धि विभिन्न समस्याहरु देखा पर्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्