Logo

 डेंगुबाट बच्न अपनाउनुहोस् यस्ता उपाए 



काठमाडौं । बर्षादको समय सूरु भएदेखि नै देशका विभिन्न भागमा ज्यानमारा डेंगु रोगको प्रकोप फैलदै गएको छ । देशको पूर्वि सिमामा देखिएको उक्त रोगको संक्रमण अहिले आएर काठमाडौं आसपास सम्म देखिन थालेपछि स्वास्थ विभागले सजक रहन सबैलाई आग्रह गरिएको छ ।

विभिन्न समयका अध्ययनहरुले पनि काठमाडौंलाई महामारीजन्य रोगको अधिक जोखिममा देखाई सकेकोे अवस्थामा डेङगुको सक्रमणसंगै रोग फैलन नदिने उपाय अवलम्ब गर्न आवश्यक रहेको चिकिस्तकहरुको भनाई रहको छ ।

चिकित्सकका अनुसार एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको प्रकोप फैलिँदा जोखिम बढ्ने गर्दछ । हालै सरकारले जारी गरेको तथ्यांकअनुसार सन् २०१८ मा आठ सय ११ जनामा डेंगुको सक्रमण देखिएको थियो । संक्रमित मध्ये तीन जनाको मृत्यु भएको जनाइएको छ ।

सन् २०१७ मा दुई हजार १२ जना संक्रमितमध्ये चार जनाको मृत्यु भएको थियो भने सन् २०१६ मा एक हजार पाँच सय २९ जनामा डेंगु देखिएको थियो ।त्यसमध्ये दुई जनाको मृत्यु भएको थियो ।
सामान्य रुपमा डेङ्गु सार्ने लाम्खुट्टेले दिउँसो टोक्छ भनिए पनि नयाँ अध्ययनहरुले घाम उधाएको २–३ घन्टा पछी र गोधुली बेला बिहान ४ बजे देखि ६ बजे र साँझ ४ देखि ६ बजे यी लाम्खुट्टेले टोक्ने गरेको तथ्य बाहिर आएको छ।

यो प्राजतिका लाम्खुट्टेले डेङ्गुले ग्रस्त मानिस, जीव, जन्तु, चराहरुलाई टोकेर स्वस्थ्य व्यक्तिलाई टोक्दा यो रोग सर्ने गरेको अध्ययन कर्ताहरुको भनाई रहदै आएको छ ।यसको संक्रमणमा सुरूआती दिनमा ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुने जस्ता लक्षणहरू देखा परेपनी संक्रमितमध्ये केही भने सिकिस्त पनि हुन जान्छन ।

यसरी बच्नुहोस् रोगलाग्नबाट

रोग लाग्नै नदिन लामो हात खुट्टा छोप्ने लुगा लगाउने। हातमा भन्दा लाम्खुट्टेले कुर्कुचा र घाँटीको पछाडि बढी टोक्ने भएकाले अनिवार्य पेन्ट, ट्राउजर लगाउने।

पानी जम्ने टायर, फलिएका भाँडाबर्तन, प्लाष्टिकका कागज जस्मा पानी जम्छ तिन्लालाइ सफा गर्ने। पानी जम्ने खाडल पुर्ने। स्कुल, चौर, घर वरपर लाम्खुट्टे भगाउने र मार्ने औषधि छर्किने। हातखुट्टामा लाम्खुट्टे भगाउने लोसनरकृम लगाउने।

आफ्नो घर ओरिपरि झार तथा रुखका हाँगा कटाएर खुला वातावरण बनाउने । गोवरजन्य गन्ध आउने बस्तुलाई घरबाट टाढा राख्ने ।

बेलुकाको समयमा घरका झ्यालहरु बन्द गर्ने,भ्यालको जाली लगाउनmे अनावश्यक बाहिर नजाने, केटाकेटीलाई ४ देखि बेलुका ६ बजे सम्म बाहिर अनावश्यक हिंड्न र खेल्न नदिने।
लामखुट्टेकाका लाभाहरु मार्न स्वास्थलाई असर नपार्ने गरि औषधिको प्रयोग गर्ने तथा राती सुत्दा झुलको प्रयोग गर्ने । रोग लागेको आफुमा संका लागेमा तुरुन्त नजिकै रहेको स्वास्थ संस्थामा चेक जाँच गराउने र संक्रमणको समयमा कसैलाई पनि रक्त आदान प्रदान नगर्ने ।



प्रतिक्रिया दिनुहोस्