Logo

भित्रि बस्त्रको प्रयोगमा ध्यान दिनुपर्ने कुराहरु



काठमाडौं । हामी आफुलाई सुहाउने तथा मनपर्ने बस्त्रमा जति वाहिरी बस्त्रमा ध्यान दिन्छौ भित्रि बस्त्रमा त्यति ध्यान दिदैनौ । घर बाहिर निस्किदा चिटिक्क परेर निस्केपनि हामीले प्रयोगगर्ने भित्रि बस्त्रका कपडामा त्यति महत्व दिई रहेका हुँदैनो । बाहिरी बस्त्र खरिद गर्दा त्यसको रुपरंग, बनौट सबै कुरामा ध्यान दिदिनौ ।

तर हालै गरिएको एक अनुसन्धान अनुसार प्रयोग गर्ने भित्रि बस्त्रको किनेमेल गर्दा पनि उत्तिकै ध्यान पुर्याउन आवश्यक छ । त्यस्ता बस्त्रहरु किन्दा आफुले प्रयोगगर्ने लुगा छालामैत्री वा सहज भए नभएको जान्न एकदमै आवश्यक छ । अन्याथा यसले शरीरमा असर गर्न सक्छ । हुन त हामीलाई यस्ता कुरा वाहियत लाग्छ वा सामान्य लाग्छ । तर, प्रजनन स्वास्थ्यसँग प्रत्यक्ष जोडिने भएकाले भित्री बस्त्रको बारेमा संवेदनसिल हुनैपर्छ ।

कस्तो कपडा ?

कपाडा धेरै किसिमको हुनेगर्छ । त्यसमध्ये सुतीको कपडा राम्रो हो । भित्री बस्त्रका लागि सुती नै सही हुनसक्छ । सुतीको भित्री बस्त्र लगाउँदा सिल्क वा सिन्थेटिकको जस्तो समस्या हुँदैन । सिल्क वा सिन्थेटिकमा हावा पस्दैन । यसले छालाको इन्फेक्सन हुनसक्छ । सिन्थेटिक कपडा नै किनेपनि भित्रको लाइनिङ सुतीकै हुनुपर्छ ।

कस्तो नाप ?

भित्री बस्त्र कुन साइजको लिने रु त्यो तपाईंको शरीरमा निर्भर गर्छ । कसैलाई ठूलो चाहिएला, कसैलाई मझौला, कसैलाई सानो । आफुलाई फिट हुने भित्री बस्त्र किन्नुपर्छ । यसको पेन्टी, ब्रा जेसुकै होस्, आफ्नो नाप अनुसार सही छ भने हिँडडुल गर्न सजिलो छ ।

कस्तो रंग ?

कस्तो रंगको भित्री बस्त्र रु यो प्रश्न तपाईलाई वाहियात लाग्न सक्छ । तर, चिकित्सकहरु भन्छन् सेतो पेन्टी लगाउनु उपयुक्त हुने बताउँछन् । रंगबिरंगी पेन्टी आकर्षक देखिएपनि सफा एवं सेतो रंगको भित्री बस्त्र नै राम्रो हुन्छ ।

कहिले बदल्ने ?

पेन्टी कहिले बदल्नुपर्छ रु अक्सर यसबारे हामी उति ख्याल गर्दैनौ। अरु लुगा, जुत्ता आदि त समय समयमा वा फेसन अनुरुप बदल्छौं । तर, पेन्टी रु पेन्टी निश्चित अवधीमा बदल्नुपर्छ । धेरै समय एउटै पेन्टी प्रयोग गर्दा त्यसले प्रजनन अंगामा समस्या ल्याउन सक्छ ।

पेन्टीमा यी कुरा ख्याल गर्नुहोस् है

खासगरी यो विषयमा महिलाहरुले सर्तक हुन आवश्यक छ । जब तपाईं पेन्टी धुनुहुन्छ, त्यसअघि पेन्टीमा राम्ररी हेर्नुहोस् । यसमा सेतो टाटो देखियो भने चिन्ताको विषय हुन्दैन तर रातो टाटो देखियो भने स्त्रीरोग विशेषज्ञको परामर्श लिनु उचित हुन्छ ।

राती सुत्दा पेन्टी लगाउने कि नलगाउने ?

राती सुत्दा पेन्टी लगाउने कि नलगाउने रु संभव भएसम्म पेन्टी नलगाई सुत्नु राम्रो हो । पेन्टी नलगाइ सुन्दा महिलाहरुले छुट्टै आनन्द पाउँछन् र शरीरको त्यो भागलाई पनि राहत मिल्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्