Logo

नेकपामा विभागीय पद पाउने भाग्यमानी को को



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले विभागहरुको लगभग टुंगो लगाएको छ । सिंगापुरबाट फर्किएपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले परामर्शपछि विभागको लगभग टुंगो लागेको हो ।

ओलीले विभाग कस्लाई दिंदा उपयुक्त होला भन्नेबारे अर्का अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए । गएको दुई दिन लगातार छलफलपछि ओली र प्रचण्ड एउटा निष्कर्षमा पुगेको प्रधानन्त्रीनिकट विश्वस्त स्रोतले जानकारी दिएको छ । यसैका आधारमा सचिवालय बैठकमा नाम प्रस्ताव गरी टुंगो लगाइनेछ ।

नेकपाको संगठन विभाग वामदेव गौतमले पाउनेछन् । गौतमलाई खुशी पार्न ओलीले लिएको निर्णयमा प्रचण्ड समेत सहमत भएको बुझिएको छ । स्कुल विभागमा पूर्व माओवादीले दाबी नछाडेपछि नारायणकाजी श्रेष्ठले पाउने सम्भावना देखिएको छ । श्रेष्ठले नपाए पूर्व माओवादीका अर्का नेताले पाउने सम्भावना छ । अध्यक्ष प्रचण्डले स्कुल विभागमा दाबी नछाडेपछि सहमति बन्न सकेको थिएन ।

विभागको टुंगो नलगाउँदै अध्यक्षद्वय ओली र प्रचण्ड विदेशयात्रामा हिंडेपछि नामको टुंगो लाग्न सकेको थिएन । महत्वपूर्ण विभागहरुमा नेताहरुको रस्साकस्सी चलेपछि सहमति बन्न सकेको थिएन । File Photo



प्रतिक्रिया दिनुहोस्