Logo

नेकपाको सचिवालय बैठक फेरि स्थगित्



काठमाडौं, २९ साउन । आज बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित् भएको छ । पार्टी्भित्र आन्तरिक छलफल गर्नु पर्ने देखिएपछि बैठक बिहीबारका लागि सरेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले पत्रकार ऋषि धमलालाई जानकरी दिए ।

सचिवालय बैठक बुधबार तीन बजेका लागि डाकिएकोे थियो। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली उपचार गरेर सिंगापुरबाट फर्किएकै भोलिपल्ट अर्थात साउन २८ गतेका लागि तोकिएको बैठक पहिले आन्तरिक छलफल गर्ने र आज अर्थात बुधबार बैठक डाक्ने जानकारी ओलीले सचिवालय सदस्यहरुलाई दिएका थिए।



प्रतिक्रिया दिनुहोस्