Logo

नेपाल-भारत सम्बन्धको चिरफार गर्दै लोहनीले भने–मोदी कार्यकालमा अवसर खेर नफालौं



काठमाडौं । पूर्व परराष्ट्रमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपाल-भारत सम्बन्धको राजनीतकि, आर्थिक, सांस्कृतिक र सुरक्षा मामलाको चिरफार गरेका छन् । २९ असारमा रिपोर्टर्स क्लब नेपालमा भारतको ७३ औं स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा आयोजित अन्र्तक्रियामा उनले नेपालप्रति चासो र मायाभाव दर्शाउने नरेन्द्र मोदी भारतको प्रधानमन्त्री हुनु नेपालका लागि प्रगतिको उत्तम अवसर भएको बताए । अवसरलाई खेर फाल्न नहुनेमा उनको जोड थियो ।

भारतको आर्थिक वृद्धि नेपालका लागि अवसर बनेको लोहनीले बताए । नेपालले भारतबाट लाभ लिनसक्ने जलविद्युत, कृषि, प्रविधिलगायतका क्षेत्रहरु रहेको बताए । जलविद्युत आयोजनाहरु निर्माणमा भारतीय पक्ष अझ चासोका साथ आउनुपर्नेमा जोड दिए । उनले भने, ‘ठूला जलविद्युत आयोजनाहरु बन्न सके नेपाल र भारतको आर्थिक विकासमा अझ योगदान पुग्छ ।’


दुवै देशबीच आर्थिक अन्र्तसम्बन्ध मजबुत बनाउँदै राजनीतिक विश्वासको वातावरण निर्माण हुनुपर्नेमा जोड दिए । उनले भने,‘गहन सरसल्लाह गरेर बढ्न सके नेपाल र भारत दुवैको हित हुन्छ ।’ नेपालले भोगिरहेको व्यापार घाटाको समस्या समाधानका लागि निर्यात वृद्धि अनिवार्य रहेको बताए । भारतीय सहभागितामा उत्पादनको साझेदारी हुनसके व्यापार घाटाको समस्या समाधान हुने औल्याए ।

नेपालमा भारतले सुरक्षा चासो दिनेगरेको उल्लेख गर्दै नेपालले आफ्नो भूमि भारतविरोधी गतिविधि हुन नदिने सुनिश्चितता गराउनुपर्ने बताए । भारतले पनि नेपालविरुद्ध भारतीय भूमि प्रयोग नहुने सुनिश्चितता गराउनुपर्ने बताए । दुवै देशबीच विश्वासको वातावरण बढ्न सके एक अर्काको हितमा योगदान पुग्ने बताए ।



प्रतिक्रिया दिनुहोस्