Logo

नेपालले मलेसियन क्लब जोहार डारुल टाजिमसँग मैत्रीपूर्ण खेल खेल्ने



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले मलेसियाको लिग च्याम्पियन क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार नेपाली राष्ट्रिय टिमले मलेसियन सुपर लिग च्याम्पियन जोहार डारुल टाजिम एफसीसँग मैत्रीपूर्ण खेल खेल्ने जानकारी गराएको छ ।

नेपालले जोहरसँग भदौ ९ गते उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने एन्फाले जनाएको छ । कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकप अन्तर्गत एसियाको दोस्रो चरणको छनोटको तयारीका लागि नेपालले मलेसियन क्लबसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपालले विभिन्न देशसँग मैत्रीपूर्ण खेलको लागि प्रयास गरेपछि उपलब्ध नहुँदा क्लबसँग खेल्ने लागेको हो । छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् । नेपालले कुवेतसँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्