Logo

नेयमारलाई बेच्न पिएसजी तयार, २५० मिलियन युरो मुल्य तोक्यो



काठमाडौं । फ्रेन्च क्लब पेरीस सेन्ट जर्मेन (पीएसजी) ले नेयमारलाई २५० मिलियन युरोमा मात्र बेच्ने भएको छ । दुई स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिडले नेयमार अनुबन्ध गर्ने इच्छा देखाएपछि पीएसजीले उनको मूल्य २५० मिलियन युरो राखेको हो ।

स्पेनिस पत्रिका मार्काको अनुसार नेयमार अनुबन्ध गर्ने प्रक्रियाका लागि मंगलबार पेरिस पुगेका बार्सिलोनाका टेक्निकल म्यानेजर ईरिक अबिडाल सहितको टोलीलाई पीएसजीले उक्त रकम माग गरेको हो ।

तर, हालै एन्टोनियो ग्रीजम्यान अनुबन्ध गरेको बार्सिलोनाले नेयमारका लागि त्यति ठुलो रकम खर्च नगर्ने मनसाय बनाएको छ । बार्सिलोनाबाट कीर्तिमानी मूल्यमा पीएसजी आएका नेयमार पछिल्लो समय क्लबसँगको खटपटले क्लब छाड्ने मनसायमा पुगेका छन् ।

यस्तै नेयमार पनि बार्सिलोना फर्कन चाहिरहेका छन् । नेयमारले बार्सिलोनाको जर्सीमा १ सय ८६ खेलमा १ सय ५ गोल गरेका थिए । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्