Logo

१४ वर्षीया बालिकालाई करणी गरी फरार मियाँ पक्राउ



सुनसरी । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी फरार युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढी गाउँपालिका १ मधेली बस्ने कलाम भन्ने कलामदिन मियाँ छन् । उनलाई २८ साउनको राति प्रहरीले पक्राउ गरेको हो ।

३ वैशाख २०७६ मा सुनसरी बस्ने १४ वर्षीया बालिकालाई दुहबी नगरपालिका ९ सप्तरियाटोल जंगलमा लगि जबरजस्ती करणी गरी फरार रहेका मियाँलाई खोजी गर्ने क्रममा ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले दुहबी नगरपालिका १ प्रास्टोकीबाट फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्