Logo

पाकिस्तानमाथि बम खसाल्न जाँदा खसेको भारतीय विमानका पाइलटलाई वीर चक्र



इन्डियन एयेर फोर्स विङ्ग कमान्डर अभिनन्दन वर्थमनले भारतको ७३ औं स्वतन्त्रता दिवसमा वीर चक्र पाउने भएका छन् । यो विभूषण भारतमा परम बिर चक्र र माहा चक्र पछि तेस्रो स्थानमा गनिन्छ ।

२७ फेब्रुअरीको बिहानी समयमा मिग २१ लाइ पाकिस्तानी ऐर फोर्सले खसाल्दा अभिनन्दन प्यारासुटबाट हामफालेर ज्यान जोगाउन सफल भएका थिए । उनलाई पाकिस्तानी सेनाले कब्जामा लिएको थियो । उनीसहितको पारासुट लाईन ओफ कन्ट्रोलमा खसेको थियो ।

पाकिस्तानी सेनाको कब्जामा राखिएका उनलाई ६० घण्टा पछि रिहा गरिएको थियो । १ मार्च को दिन पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जेस्चर अफ पिस को नामांकन गरेर छोडेका थिए । उनी नायकको शैलीमा भारतमा स्वागत गरिएका थिए ।

अभिनवले पाकिस्तानी सेनासँग सोधपुछका क्रममा गोपनीयता खोल्न नमिल्ने प्रतिक्रिया दिएका थिए । उनले देखाएको साहसको भारतभर प्रशंशा भएको थियो ।



प्रतिक्रिया दिनुहोस्