Logo

भोगाधिकार हटाउने नीति पूर्ण कार्यान्वयनपछि जग्गामा लिज प्रणाली



काठमाडौं । भोगाधिकारका लागि लिइएको जग्गालाई लिज प्रणालीमा ल्याउने सरकारको निर्णय पूर्ण कार्यान्वयनका लागि भूमि व्यवस्था मन्त्रालयले तदारुकता देखाएको छ । उसले सबै संघसंस्थाहरुलाई लिज प्रणालीमा आउन समेत आग्रह गरिसकेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले २९ साउनमा मन्त्रालयमा बोल्दै भोगाधिरको व्यवस्था रहेकोमा २०७१ सालमा लिज सिस्टम आइसकेकाले अब सबैलाई लिज सिस्टममा ल्यउने नीति कार्यान्वयन गराएरै छाड्ने बताएकी हुन् । लिज प्रणालीमा आउन संघसंस्थाहरूलाई आग्रह गरिन्। लिज सिस्टममा आउन भनेपनि जग्गा भोगाधिकारमा प्रयोग गर्न खोज्नेहरको ठूलो संख्या छ ।
यसअघि सार्वजनिक सूचना जारी भएर संघसंस्थाहरूले भोगाधिकारका निम्ती प्रयोग गरेका जमिनलाई लिज सिस्टममा आएर सम्झौतालाई कार्यान्वयन गर्नुस भनेपनि नआएका कारण अब सबै सबैलाई छुट्टै पत्राचार गरिने बताइन्। ुहिजो सार्वजनिक सूचना त जारी भएको छ । तरपनि हामीसँग लिज सिस्टममा परिणत हुने संस्था सन्तोषजनक छैन ।

सरकारले जुन उद्देश्यका साथ त्यो नीति अगाडी ल्यायो त्यो अनुसार कार्यान्वयन भइरहेको अवस्था छैनु, मन्त्री अर्यालले भनिन्, ुअब एकपटक सबै संस्थाहरूको हात-हातमा पुग्नेगरी तपाइ लिज सिस्टममा आउनुस भनेर एउटा पत्राचार गर्नुपर्नेछ । एउटा समय दिएर तपाइहरू अब लिज सिस्टममा आउनुस भनेर हामीले पत्र पठाएर यसै वर्ष कार्यान्वयन गर्नेगरी जान्छौ ।”
मन्त्रालयअन्तर्गत साझा स्वास्थ्य पनि रहेकाले देशभर रहेको भनिएको साझा स्वास्थ्यको जग्गा पनि खोजि गरेर संरक्षण गरिने मन्त्री अर्यालको भनाइ थियो ।

सहकारीका सन्दर्भमा सहकारीको संख्या बढी भएकाले त्यसलाई मर्जर गर्ने भनेर उद्घोष गरिसकेको भन्दै त्यसलाई वार्षिक कार्ययोजनामा पनि राखिएको बताइन् । त्यो काममा सहकारी विभागले गरिरहेको भन्दै यसलाई अलि बढी नतिजा आउनेगरी कुन विधिबाट ठिक हुन्छ त्यो दिशातर्फ लाग्न मन्त्री अर्यालले आग्रह गरिन् । यसमा सबैलाई आकर्षित हुनेगरी विधिहरू, प्रोत्साहनका कार्यक्रमहरू प्रयोग गर्दै अभियन्ताहरूको सहयोग लिएर सहकारीको मर्जर गरेर नमुना बन्नेगरी लाग्ने बताइन्।

सिस्टम बसाल्न सकेमा राम्रो काम गर्न सकिने भन्दै मन्त्री अर्यालले केही सिस्टमहरू सहकारीको नियमन, सुशासन, पारदर्शिताका निम्ती सफ्टवेरको विकास गरेर अगाडी बढेको बताइन्। अहिलेसम्म नभएको सन्दर्भ ब्याज निर्धारण गर्ने काम पनि यही साल भएको समेत मन्त्री अर्यालले दिइन् । ुहाम्रा सबै सेवाहरूलाई सिस्टम बसालेर ब्यवस्थित गर्ने कुरामा हामी लागेका छौ । यसमा सबैको ध्यान जानेछु, मन्त्री अर्यालले भनिन् ।

कर्मचारीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले उद्देश्यमूलक विदेशभ्रमण गर्न निर्देशन । सबैप्रति आफ्नो समान सद्भाव रहेको भन्दै अर्यालले अवसरको बाँडफाँड गर्दा न्यायका आधारमा वितरण गर्न समेत निर्देशन दिइन् । ुविदेश जानेहरूका निम्ती पनि के का लागि जाने र त्यहाँ गइसकेपछि केही उपलब्धी हुनुपर्यो । घुम्न जाने होइन केही न केही उपलब्धी हुनुपर्योाु, मन्त्री अर्यालले भनिन् , “त्यहाँ गएर के उपलब्धी हासिल गरियो के सिकियो भनेर नियमित रूपमा उपलब्ध गराउने । कति जना कतिपटक जानुभयो त्यसको पनि रेकर्ड राखेर व्यवस्थित गर्ने । यो पनि न्यायका आधारमा अवसरको वितरण गर्ने प्रणालीलाई अबलम्बन गर्नुपर्योि ।”

त्यस अवसरमा बोल्दै मन्त्रालयका सचिव गोपिनाथ मैनालीलर् समयमा काम सम्पन्न भएनन भन्ने गुनासो आइरहेका बेला गुणस्तरिय रूपमा कसरी समयमै काम सम्पन्न गर्ने भनेर गरिएको सम्झौता करारनामा भएको बताइन् । आफ्नै प्रयासबाट संस्था, समग्र सरकारको इमेज राम्रो बनाउन सबैले काम गर्ने समेत बताउदै सचिव मैनादलीले वार्षिक कार्यतालिकाअनुसार काम गर्न आग्रह समेत गरिन् । तस्वीरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्