Logo

चेल्सी र लिभरपुलबीचको खेलमा महिला रेफ्री



चेल्सी र लिभरपुलबीच इस्तानबुलमा भएको युएफा सुपर कप महिला रेफ्रीले खेलाएकी छिन् । फ्रेन्च रेफ्री स्टेफानिया फ्रापार्टले १४ अगष्टमा खेल खेलाएर अर्को इतिहास रचेकी छिन् ।

यसअघि दुईवटा पुरुष फुटबल प्रतियोगितामा रेफ्री भइसकेकी उनी विश्वकै चर्चित महिला रेफ्री हुन् । अमेरिका र नेदरल्याण्डबीच यसै वर्ष भएको महिला विश्वकप फुटबल फाइनलमा फ्रापार्ट रेफ्री थिइन् ।

३५ वर्षीया रेफ्री फ्रापार्ट निडर देखिन्छिन् । उनको चर्चा विश्वभर चलेको छ । यसअघि पुरुष रेफ्रीले मात्र पुरुष फुटबल प्रतियोगिता खेलाउँदै आएकोमा महिलाले पनि खेलाउन थालेका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्