Logo

भारतको ७३ औं स्वतन्त्रता दिवस



काठमाडौं । भारतले ७३ औं स्वतन्त्रता दिवस मनाउँदैछ । १५ अगष्ट सन् १९४७ का दिन बेलायतको उपनिवेशबाट मुक्त भई स्वतन्त्र भएको भारतले प्रत्येक वर्ष यसै दिन स्वतन्त्रता दिवस मनाउने गर्छ ।

नेपालस्थित भारतीय राजदूतावासले स्वतन्त्रता दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गर्दै आएको छ । उसले सामाजिक क्षेत्रमा समेत सहयोग गर्दछ । विशेषगरी आजको दिन भारतीय राजदूतावासले सामाजिक संस्थाहरुलाई एम्बुलेन्स तथा बस सहयोग गर्दै आएको छ ।

भारतको स्वतन्त्रता आन्दोलनमा नेपालका नेताहरु वीपी कोइराला, डा. डिल्लीरमण रेग्मी, मनमोहन अधिकारीलगायतले महत्वपूर्ण भूमिका खेलेका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्