Logo

शालिकरामको आत्महत्या गर्नुअघिको भिडियो र रवि लामिछाने ट्रेन्डिङमा



काठमाडौं । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा उनले रुँदै पत्रकार रवि लामिछाने र युवराज कँडेलसहित एकजना महिलाको नाम तोकेर आफूले आत्महत्या गर्नुको मुख्य कारण भनेका छन् ।

सनसनीपूर्ण भिडियो र त्यससम्बन्धि समाचार अहिले देशको समाचार दुनियाँमा चासोको विषय बनेको छ । भिडियोबारे समाचार केही दिन अगाडि नै खुलेपनि भिडियो २९ साउनमा मात्र सार्वजनिक भयो । घटनामा मुछिएका रवि लामिछानेमाथि प्रहरीले कारबाही अगाडि बढाउने विषयसहितको समाचार ट्रेन्डिङमा छ ।

salikram pudasaini

भिडियो बाहिर आएपछि रवि लामिछानेले आफ्नो धारणा बाहिर ल्याएका छन् । उनले आफू कारबाही भोग्न तयार रहेको अभिव्यक्ति दिएका छन् । घटनापछि उनीसँग जोडिएका केही विवादास्पद विषय बाहिर आएका छन् । यी समाचारहरु अहिले ट्रेन्डिङमा छन् ।



प्रतिक्रिया दिनुहोस्