Logo

कारागारभित्र यौन अधिकारः कुन देशमा कस्तो



आधुनिक सँसारमा कारागारभित्र यौन अधिकार दिने देश अमेरिका हो । उसले १९ औं शताब्दीको शुरूतिर मिसिसिपी राज्यमा कारागारमा रहेका दम्पत्तिलाई यौन अधिकार दिएको थियो । ‛मिसिसिपी परीक्षण’ नाम दिइएको उक्त कदमको उद्देश्य कैदीहरूलाई नियन्त्रणमा राख्ने थियो ।

अहिले सँसारका धेरै देशले कारागारभित्र यौन अधिकार सुनिश्चित गरेका छन् । रोचक पक्ष, यौनका मामलामा रुढीवादी भनिएका इस्लामिक कानुनबाट चलेका साउदी अरब र इरानले पनि दम्पतिबीच कारागारमा यौन अधिकार सुनिश्चित गरेका छन् ।
साउदीले कारागारमा कैदी बन्दीलाई मनोरञ्जन प्रदान गर्नका लागि सन् २०१४ मा साँढे तीन करोड डलर खर्च गरेको थियो । यो खर्चमा दम्पति भेटका लागि विशेष व्यवस्था समेत समावेश थियो ।

साउदी अरबमा पुरूष बन्दीले प्रत्येक महिना एकपटक पत्नीसँग भेटेर सम्पर्क गर्न पाउने व्यवस्था छ । धेरै पत्नी भए प्रत्येक पत्नीसँग एक पटक भेट्न पाउँदा दुई वा सो भन्दा बढी पत्नी हुने बन्दीले संख्याका आधारमा पत्नीसँग एक महिनामा उति नै संख्यामा भेट्न पाउँछ । पतिलाई भेट्न आउने पत्नीले यात्रा, खाने र बस्ने खर्च समेत पाउँछिन् ।

पाकिस्तानमा प्रत्येक तीन महिनामा बन्दीलाई एक रात वा दिन दम्पतिबीच यौन सम्पर्कको अवसर प्रदान गरिन्छ ।
टर्कीले सन् २०१३ बाट कारागारभित्र बन्दी रहेका दम्पति भेटको व्यवस्था शुरू गरेको हो । भारतले सन् २०१५ मा कारागारमा रहेका दम्पति भेट गर्न पाउने सम्बन्धि विधयेक पारित गरेको छ । दम्पतिले वीर्य दिएर कृत्तिम गर्वधारण गर्न पाउने व्यवस्था गर्न समेत कानुनमा उल्लेख गरिएको छ ।

क्यानडाले बन्दीहरूलाई प्रत्येक दुई महिनामा दम्पति वा परिवारको जुनसुकै सदस्यहरूसँग भेटेर ७२ घन्टा बिताउने व्यवस्था गरेको छ । बन्दीले त्यो सुविधाको उपभोग गर्दा पति वा पत्नी, मातापिता, सन्तान वा जोसुकै सँग ७२ घन्टा सरकारले व्यवस्था गरेको फ्ल्याटमा बिताउन पाउँछन् । ब्राजिलमा समलिङ्गिले पनि भेटको अवसर पाउने व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस्