Logo

कतारमा नेपाली कामदारमाथि सांघातिक आक्रमण, एकजनाको मृत्यु



काठमाडौं ३० साउन । कतारको दोहास्थित जैदा पार्कमा मंगलबार राति भएको सांघातिक आक्रमणमा एक नेपाली कामदारको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

कतारस्थित नेपाली दूतावासद्वारा बुधबार जारी विज्ञप्तिअनुसार सुनसरीका तवरेज अन्सारीको मृत्यु भएको हो । पाँच घाइतेमध्ये गम्भीर उमर अन्सारीको हमाद अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ । अरुको पनि त्यही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये इब्राहिम अन्सारी र नौसाद अन्सारी खतरामुक्त अवस्थामा रहेको दूतावासले जनाएको छ ।

घटनापछि पक्राउ परेका दुई नेपाली घाइते अकबर मियाँ र महसुद अन्सारीलाई दूतावासको पहलमा प्रहरीबाट हिरासतमुक्त गराइसकिएको समेत दूतावासले जनाएको छ । –कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्