Logo

बहुलाहा कुकुरले टोक्दा यीनले गुमाइन् ज्यान



काठमाडौं । उपत्यकामा बहुलाहा कुकुरको समस्या बढेको छ । रेबिज संक्रमित कुकुरले बाटोमा मानिसहरुलाई टोक्दा कतिपयको मृत्यु समेत भएको छ ।

ललितपुरमा रेबिज लागेर १७ वर्षीया कनिषा अर्यालको १९ साउनमा मृत्यु भएको छ । सिन्धुपाल्चोक घर भई गोदावरी नगरपालिकाको किटिनी उच्च माविमा कक्षा १२ मा पढ्ने उनको रेबिजको संक्रमणले मृत्यु भएको हो । बाबुआमालाई भेट्न कपन जाँदा उनलाई कुकुरले टोकेपनि जानकारी नगराउँदा सुई लगाइनन् । जसका कारण उनको मृत्यु भयो ।

कुकुरले टोकेर थोरै घाउ लागेर नीको भइसक्दा उनमा रेबिजको लक्षण देखियो । सुई नलगाएकाले ढिलो भइसकेको थियो । चिकित्सकले बचाउन सकेनन् ।

कुकुरले टोकेर बागबजार क्षेत्रमा गत हप्ता धेरै व्यक्ति घाइते भए । उनीहरु रेबिजको सुई लगाउन पुगे । रेबिज संक्रमित कुकुरहरुको बिगबिगी हुँदा नियन्त्रणमा स्थानीय सरकार सक्रिय नहुँदा समस्या भएको छ । Photo: Facebook



प्रतिक्रिया दिनुहोस्