Logo

रहेनन् वरिष्ठ साहित्यकार मदनमणि दिक्षित



काठमाडौं । वरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दिक्षितको ९७ वर्षको उमेरमा निधन भएको छ । ३० साउनको विहान कालिकास्थानस्थित निवासमा बेहोस भएपछि अस्पताल लगिएपछि मृत घोषित गरिएको परिवार स्रोतले जनाएको छ ।

मुटु, मृगौला र श्वासप्रश्वासको समस्यामा परेका उनी नियमित अस्पताल लगिने गर्थे । अस्पतालबाट घर ल्याएपछि उनी बेहोश भएका थिए । दिक्षितको ग्याँस च्याम्बरको मृत्यु कृति लोकप्रीइ छ । उनका माधवी कृतिसहित ४६ कृति प्रकाशित छन् ।

मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्रीलगायत पुरस्कारबाट सम्मानित छन् । ६ फागुन १९६९ मा काठमाडौंको गौरीधारमा दिक्षितको जन्म भएको थियो । उनकी श्रीमती तीन छोरा र एक छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्