Logo

धादिङका युवाहरुको सक्रियतामा तराईका बाढी पीडितहरुलाई राहत प्रदान



काठमाडौं, ३० साउन । धादिङ नागरिक समाजका युवाहरुको समुहले तराईका बाढी पीडितहरुलाई राहत प्रदान गरे । राजन लम्साल र अशोक धमलाको अगुवाईमा उक्त युवा समूहले बाढि पीडितहरुलाई राहत वितरण गरेको हो ।

अगुवा लम्सालका अनुसार युवाहरु आर्थिक संकलनमा दिनरात खटे सँगै प्रभावित बनेका अशोक धमलाले पनि सोहि अभियानमा काठमाण्डौबाट आर्थिक संकलन गरेर रौतहटको दुर्गा भवानि गाउपालिका वडा नं. ४ का बासिन्दालाई १०५ बोरा चामल बितरण गरेको छ ।

धादिङ नागरिक समाजका युवाहरुको टिमलेले घाम पानी नभनि धादिङबेसी सदरमुकाम, राजमार्ग आसपास पुगेर तराईका बाढी पिडितका लागि १ लाख २ हजार रुपैया नगद र काठमाण्डौबाट अशोक धमलाले व्यक्तिगत ३७ हजार नगदको साथमा सहयोग संकलन गरेका थिए ।

समाज सेवा नै सबै भन्दा ठुलो धर्म हो, विपदको बेलामा एकजुट हौं भन्ने मुल नाराका साथ सुरु गरिएको आर्थिक संकलनका लागि सुरुदेखि अन्तिम सम्म धर्मेन्द्र श्रेष्ठ रबि भट्टराइ, अस्मिता श्रेष्ठ, मनिश श्रेष्ठ, अनु लम्साल, अशोक धमला, सरोज श्रेष्ठ लगायतका अन्य टिमले आर्थिक संकलनका लागि साथ दिएका थिए ।

त्यस्तै, उक्त समूहले धादिङको सल्यानटारका स्थायी बासिन्दा शारिरिक अशक्तलाई ह्विलचियर प्रदान गरेको छ । राहत पाउदा सोहि ठाउका स्थानिय बासिन्दाको मुहारमा खुसि छाएको छ ।



प्रतिक्रिया दिनुहोस्