Logo

भारतको ७३ औं स्वतन्त्रता दिवसको कार्यक्रमका झलकहरु



काठमाडौं । भारतले ७३ औं स्वतन्त्रता दिवस मनाएको छ । नेपालस्थित भारतीय राजदूतावासमा १५ अगष्टका दिन आज स्वतन्त्रता दिवसका अवसरमा झण्डोत्तोलन गरिएको छ ।  भारत १५ अगष्ट सन् १९४७ मा बेलायतको उपनिवेशबाट स्वतन्त्र भएको थियो ।


भारतीय राजदूत मञ्जिभ सिंह पुरीले नेपालका विभिन्न संघ संस्थाहरुलाई एम्बुलेन्सलगायतका सवारी साधान सहयोग गरेका छन् । राजदूतावासमा आयोजित विशेष कार्यक्रममा राजदूत पुरीले सवारी साधानको साँचो हस्तान्तरण गरेका थिए ।


फोटो पत्रकार मुकुन्द कालिकोटेले भारतीय राजदूतावासमा आयोजित स्वतन्त्रता दिवसको कार्यक्रमका दृश्यहरुलाई क्यामरामा कैद गरेका छन् ।

 

तस्वीरहरुः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्