Logo

नेपाललाई हिन्दु राष्ट्र बनाइछाड्छौ, राजसंस्था पनि फर्कन्छ–पशुपति शमशेर राणा



पशुपति शम्शेर राणा [अध्यक्ष, राष्ट्रि प्रजातन्त्र पार्टी (संयुक्त)]  पाका नेता हुन् । जन्मदै जर्नेल भएका उनी अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेर राणाका नाति हुन् । विदेशका नाम चलेका शेक्षिक संस्था र विश्वविद्यालयमा अध्ययन गरेका उनीसँग लामो राजनीतिक अनुभव छ । राणा खलकका भइकन उनी कुनैबेला गणतन्त्रका पक्षधर भए । अहिले उनी राजसंस्था चाहिने बहसमा उत्रिएका छन् । यसै सिलसिलामा राणासँग रेडियो नेपाली नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः

तपाई गणतन्त्रवादी कि राजसंस्थावादी ?
अहिलेको अवस्थामा हाम्रो पार्टीले सबै पक्षलाई स्वीकार्य हुने सहमतिको सस्थाको रुपमा राजतन्त्र सहित प्रजातन्त्र भनेको छ ।

हैन तपाईले भन्नुभएको थियो म गणतन्त्रवादी हुँ । गणतन्त्रात्मक मुलुक भइसक्यो र आफ्नो पार्टीले पनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात गर्छ भन्नुभएको थियो तपाई किन पछि हट्नुभयो ?
पहिला हामीले गणतन्त्र स्वीकारेको हो ,यो कुरा सही हो । अहिले हामीले राष्ट्रिय प्रजातन्त्रवादी, राष्ट्रवादी, प्रजातन्त्रवादीको सयुक्त हुँदा यो सम्झौतामा पुगेका हौ । अहिलेको राष्ट्रपतिको व्यवहारले गर्दा हो । राष्ट्रपति पक्षपाती भयो । पार्टीको राष्ट्रपति भएपछि एमालेबाट आएको विधेयकलाई बेलामा स्वीकृत नदिने एमालेको राष्ट्रपति भयोे भने नेपाली कांग्रेसको विधेयकलाई बेलामा स्वीकृत नदिने अवस्था भएको छ । अर्को विषय, अहिलेको राष्ट्रपतिलाई मेरो जिजु काकाको सम्पत्तिले नपुगेर सान र सौखत चाहिएको छ । अरबौको हेलिकोप्टर किन्नु पर्ने, दशैमा टीका लगाउँदा घुँडा टेकेर लाउनु पर्ने ? यो सबैले कुनै पार्टी विशेषको राष्ट्रपति हुनुहुँदैन भन्ने प्रमाणित भएको छ । कुनै पार्टीको सदस्य नभएको पुरानो संस्थालाई नै काम दियो भने अहिलेको संविधानको मर्यादा अनुसार काम हुन्छ । त्यो भएर हामीले भनेका हौ ।

गणतन्त्रात्मक देशको राष्ट्रपति विद्यादेवी भण्डारी भनेको देशको संरक्षक हो । उहाँले राजनीतिक पार्टीको इच्छामा काम गर्नुृभएको छैन । नेपाल कम्युनिष्ट पार्टीको सदस्यता छोडिसक्नु भएको छ उहाँले साझा विचार प्रतिनिधित्व गर्नुभएको छ, उहाँ त साझा व्यक्ति हो उहाँले सबैलाई समेटेर लानु भएको छ । तपाईले यसरी पूर्वाग्राही भएर आरोप लगाउन मिल्छ ?
मैले कुनै व्यक्तिलाई गम्भीर आरोप लगाएको होइन । मैले पूर्व र हालको राष्ट्रपति दुवैलाई हालका संचालककले खोजेको निष्पक्षता पार्टीका राष्ट्रपतिबाट प्राप्त भएन । त्यसको सट्टा कुनै पाटीको सदस्यता नभएको संस्थाबाट नै यो काम व्यवस्थापन हुन्छ भनेर मैले विचार राखेको हुँ ।
जः अहिले आएर तपाई जनताले फालेको सस्थालाई लत्याउन खोज्ने ?
अहिले कयौँ मान्छेले भनेको छ नेपालको राष्ट्रपतिलाई कार्यकारी अधिकारले पुगेन । त्यसैले सोच्नुपर्ने अवस्था बनेको छ । अब राजसंस्था फर्कन्छ ।

तपाईँ बेमौसमको बाजा बजाइरहनु भएको छ। अहिले गणतन्त्र र संघीयताको पक्षमा छन् राष्ट्र धर्मनीरपेक्ष भइसक्यो, तपाई हिन्दु राष्ट्रको कुरा गर्ने ?
हिन्दु राष्ट्रको कुरा कसरी बेमौसमको बाजा हो ? हिन्दु राष्ट्रको कुरा भनेको ८१ प्रतिशत नेपालीको कुरा हो । ९४ प्रतिशत ओमकार परिवारको कुरा हो । यो नेपाली जनताले माग गरेको कुरा हो । दुईवटा संविधान सभाको कुरामा यो मुलुकलाई निष्पक्ष बनाउ भनेर कुनै विवादको कुरा गरेको छैन ।

संविधान सभाबाट आएको संविधानलाई हेर्दा संविधान निर्माण गर्दा जनताले सुरक्षित राष्ट्रको रुपमा पक्षमा आफूलाई उभ्याएको होइन ? त्यो कुरा तपाईले बिर्सनुभयो ?
नेपाली जनताले हिन्दु राष्ट्रको विपक्षमा छैनन् । यो नेतृत्व र अपरझट, सुटुक्क प्रभावमा परेर ल्याएको हो मलाई थाहा छैन । कसैको प्रभावमा परेर यो कुरा लादेको हो । अहिले पनि संविधान सभाको निमेकमा यो राष्ट्र हिन्दु हुने कि धर्म निरपेक्ष हुने कि कहिलै पनि वादविवाद भएको होइन ।

तर आज नेपाली जनताले सिस्टमलाई अगिंकार गरिसके तपाई जस्तो गणतन्त्रवादी नेता आज किन पूर्व राजा ज्ञानेन्द्रको पछि लागेको ?
एउटा निष्पक्ष राष्ट्र प्रमुखको लागि यसमा हामीले बहस गरेका हौ । हिन्दु राष्ट्रको पक्षमा बहस गरौ भनेको होइन । हिन्दु राष्ट्रको प्रस्तावमा हामीले संविधान बन्ने बेलामा संशोधनका लागि निवेदन दिएकै हो र त्यो सहर्ष स्वीकार भएको हो । हिन्दु राष्ट्रको कुरा मैले प्रस्ट स्पमा राख्न चाहन्छु । धर्मनीरपेक्ष राज्य नेपाली जनताले चाहेको होइन, जनताको चाहानाबाट आएको पनि होइन । यो अपरझट सुटुक्क तत्कालीन नेतृत्वले नेपाली जनता माथि लादेको हो ।

तर तपाईकै पार्टीका कतिपय नेताहरुले भनेका छन् गणतन्त्रबाट राप्रपा पछाडि जान सक्दैन ?
गणतन्त्रबारे एउटा बहस होस् भनेर हामीले राखेका छौ । हिन्दु राष्ट्रबारे हामीले बकैदा संविधान सभामा संशोधन प्रस्ताव राखेकै हो यसमा कसैको पार्टीभित्र विमति छैन । यो मुलुक हिन्दु राष्ट्र हुनुपर्छ किनभने धर्मनीरपेक्षता लादेको हो भन्ने हामी सबैको ठहर छ । देशमा हिन्दु राष्ट्र आउँछ आउँछ ।

तपाईहरु राप्रपासँग पार्टी एकीकरणको पक्षमा उभिनु भएको हो ? सम्भावना कति छ ?
यसमा वार्ता सुरु भएको अवस्था छैन । भेटघाट एक दुई पटक भएको हो ।

त्यसो भए तपाईहरुको बार्ता भएको छैन कमल थापासँग ?
भेटघाट भएको छ वार्ता आरम्भ भएको छैन ।

पार्टी एकीकरणको सम्भावना तत्काल छैन ?
तत्काल छैन भनेर त नभनँु । हामीसँग विचार मिल्ने दल,व्यक्ति वा समूह होस् हामीसँग सहकार्य गर्नको लागि आव्हान गरेका, गरिसकेका छौ । यति मात्र हो कि तत्काल वार्ता आरम्भ भएको छैन ।



प्रतिक्रिया दिनुहोस्