Logo

वाईडबडीमा एक पैसा खाएको प्रमाणित भए झुण्डिएर मर्न तयार छु : शाही (भिडियोसहित)



काठमाडौं, ३० साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाहीले आफूले वाईडबडी खरिदमा एक पैसापनि नखाएको स्पष्ट पारेका छन् । बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै शाहीले उक्त प्रकरणमा एक पैसा खाएको प्रमाणित भए झुण्डिएर मर्नसमेत तयार रहेको बताए ।

शाहीले आजसम्म आफूले एक पैसा लिएर कुनै काम गरेको वा भ्रष्टाचार गरेको पुष्टि भए राजनीतिबाट सन्यास लिनेसमेत घोषणा गरे । उनले आफू मन्त्री भएको पालामा वाईडबडी खरिद प्रक्रिया अघि नबढेको पनि जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्