Logo

पशुपतिमा जनै फेर्दै गरेका वटुक तथा सर्वसाधारणहरु (फोटोफिचर)



काठमाडौं, ३० साउन । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व बिहीबार देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् ।

गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।जनैपूर्णिमा पर्वको अवसरमा संघीय सरकारले सार्बजनिक बिदा नदिएपनि ३ प्रदेश, काभ्रे र सिन्धुपाल्चोकसहित अन्य जिल्लाका केही स्थानीय तहले सार्बजनिक बिदा दिएका छन् ।

जनैपूर्णिमाका अवसरमा प्रदेश १, प्रदेश २ र सुदुरपश्चिम प्रदेश सरकारले सार्बजनिक बिदा दिएका छन् भने सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका, हेलम्बु गाउँपालिका, बाह्रबिसे नगरपालिका र काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाले सार्बजनिक बिदा दिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना प्रकाशित गर्दै जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाउन प्रदेशका सम्पूर्ण सरकारी कार्यालय एवं सार्वजनिक निकायमा बिदा दिइने जनाइएको छ ।

यसअघि साउन ८ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार, भदौ १५ गते पर्ने थारु समुदायको ‘अटबारी पर्व’ पुस १० गते अछाम र बाजुरा जिल्लामा मनाइने ‘भुवा पर्व’ र माघ १ गते ९माघे सङ्क्रान्ति० मा सार्वजनिक बिदा दिएको थियो ।  प्रदेश १ र प्रदेश २ सरकारले भने यसअघि नै जनैपूर्णिमका अवसरमा सार्बजनिक बिदा दिने निर्णय गरेका थिए ।

हाम्रा फोटो पत्रकार मुकुन्द कालिकोटेले पशुपति क्षेत्र पुगेर जनै फेर्दै गरेका वटुक तथा सर्वसाधारणको तस्बिर खिचेका छन् ।

हेर्नुहोस तस्विरहरु : Mukunda Kalikote/ ReportersNepal.com



प्रतिक्रिया दिनुहोस्