Logo

दिक्षितको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि



काठमाडौं । वरिष्ठ साहित्यकार मदनमणि दिक्षितको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि भएको छ । उनको पार्थिव शरीलाई छोराहरुले दागवत्ती दिएका थिए ।
पशुपति आर्यघाटमा अन्तिम संस्कार अघि पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, परराष्ट्रमन्त्री युवराज ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, आफन्त तथा शुभचिन्तक पुगेका थिए । उनको पार्थिव शरीरमा मन्त्रीहरु युवराज ज्ञवाली र योगेश भट्टराईले राष्ट्रको झण्डा ओढाएर सम्मान गरेका थिए ।

नेपाल प्रहरीको टुकडीले दिक्षितलाई सलामी अर्पण गरेको थियो । ९७ वर्षको उमेरमा दिक्षितको ३० साउनको विहान निधन भएको हो । कालिकास्थानस्थित निवासमा बेहोस भएपछि अस्पताल लगिएपछि मृत घोषित गरिएको परिवार स्रोतले जनाएको छ ।

मुटु, मृगौला र श्वासप्रश्वासको समस्यामा परेका उनी नियमित अस्पताल लगिने गर्थे । अस्पतालबाट घर ल्याएपछि उनी बेहोश भएका थिए । दिक्षितको ग्याँस च्याम्बरको मृत्यु कृति लोकप्रीय छ । उनका माधवी कृतिसहित ४६ कृति प्रकाशित छन् ।

मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्रीलगायत पुरस्कारबाट सम्मानित छन् । ६ फागुन १९६९ मा काठमाडौंको गौरीधारमा दिक्षितको जन्म भएको थियो । उनकी श्रीमती तीन छोरा र एक छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

तस्वीरहरुः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्