Logo

राजमार्गमा गुडिरहेको ट्रकमा गाँजा तस्करी



मकवानपुर । अबैध गाँजा सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाश गाउँपालिका ६ बस्ने भीमसेन मोक्तान र सोही ठाउँ बस्ने रोशन लामा रहेका छन् । हटौंडा उपमहानगरपालिका १० बसपार्कबाट बा.५ ख १८२५ नम्बरको मिनिट्रकमा रहेको अवैध लागूऔषध गाँजा करिब ५९ किलो ५ सय ८० ग्राम सहित उनीहरुलाई २९ साउनको दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले पालुङबाट वीरगंजतर्फ जाँदै गरेको उक्त मिनिट्रक जाँच गर्ने क्रममा चालक बस्ने सिटमुनी फल्स बटम बनाई प्लास्टिकको पोकामा लुकाईछिपाई लैजाँदै गरेको लागूऔषध सहित फेला पारी उनीहरुलाई ट्रक सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, बिराटनगर महानगरपालिका १३ बाट भारत अररिया जोगवनी बस्ने मोहम्मद अल्फाज र सोही ठाउँ बस्ने मोहम्मद समिर समेत २ जनालाई लागूऔषध खैरो हेरोइन करिब पाँच ग्राम सहित २९ साउनको दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रदेश नम्बर १ प्रहरी कार्यालय लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्