Logo

अनलाइनबाट बन्दुकको कारोबार   



सिजीझुङ । चीनको हेबेइ प्रान्तको प्रहरीले अनलाईनबाट बन्दुक विक्री गर्ने गिरोहलाई पक्राउ गरेको छ । अनलाईनबाट बन्दुक विक्री गर्ने कार्यमा संलग्न २६ जनालाई पक्राउ गरि अनुसन्धानका भइरहेको अन्तराष्ट्रिय समाचारहरुमा जनाइएको छ ।पक्राउ परेकाहरुबाट ४७ बन्दुक र ३० हजार थान गोली र ५० किलोग्रामभन्दा बढी बारुद पनि बरामद गरिएको जनाएको छ ।

प्रहरीले यस बारेमा गत बर्ष सन् २०१८ को अन्त्यदेखि नै श्रीङ्खलाबद्ध रुपमा लागु औषधसम्वन्धी घटनाहरुका बारेमा अनुसन्धान गर्दै जाँदा बन्दुक कारोबारीका बारेमा पोल खुलेको थियो । अनलानईनबाट देश विदेशमा बन्दुक किनबेच हुने गरेको आधारमा उनीहरुमाथी अनुसन्धान जारी रहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot