Logo

छोराको मृत्युले विक्षिप्त रानीलाई शान्त बनाउन चलाइएको गाइजात्रा



काठमाडौं । सांस्कृतिक र धार्मिक महत्वको पर्व गाइजात्रा काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा मनाइदैछ । विशेषतः नेवार समुदायले मनाउने गाइजात्रा पछिल्लो समय कलाकारहरुको ठूलो पर्वका रुपमा स्थापित भएको छ ।

गएको वर्षभित्र आफन्तजन गुमाउने परिवारका सदस्यहरुकालागि मृतकको सम्झनाका रुपमा लिइन्छ । मृतक परिवारका सदस्यले गाइजात्रामा विभिन्न झाँकी तथा रुपमा सहभागिता जनाउँछन् ।

काठमाडौं उपत्यकाका सडकमा गाईलाई सिंगारेर लाने, गाईकै भेष अथवा बिभिन्न मुखुण्डोसहितका झाँकी लगायत थुप्रै रौनक देखिन्छन् । नेवार समुदायहरुले गाइजात्रा निकालेर शहर परिक्रमा गर्दछन् । गाईजात्रामा बिभिन्न रसिक कुराकानी, ठट्यौली, चुटकिला र प्रहसन समेत गरिन्छ ।

ऐतिहासिक तथ्य

गाइजात्राको आरम्प राजा प्रताप मल्लको पालामा भएको थियो । १७ औं शताब्दीको मध्यतिर राजा प्रताप मल्लको नावालक छोराको निधनले उनकी रानीलाई शोक पर्यो । शोक थेग्न नसकेपछि विक्षिप्त रानी सामान्य अवस्थामा फर्कन सकिनन् । राजाले सम्झाउन खोज्दा पनि मानिन् । त्यसपछि राजाले जुक्ति निकाले ।

प्रताप मल्लले नाबालक छोरा गुमाएको त्यस बर्षभरिमा राज्यमा मृत्यूभएका नागरीकहरुका आफन्तलाई गाईसहित दरबार अगाडीबाट रानीले देख्नेगरि जात्रा निकाल्न भने । जात्रा निकालेपछि राजाले राज्यमा धेरैले आफन्तजन गुमाएको यथार्थ जानकारी गराए । राजाले जात्रामा चटक र ब्यङ्गहरु पनि समावेश गर्न जनतालाई प्रोत्साहन गरेको हुँदा रानीले आफूले मात्र नभए जनताले पनि आफन्त गुमाएको महशुश गरिन् । जात्राको झाँकी हेरेर हाँसिन् । राजा प्रसन्न भए । उनले प्रत्येक वर्ष गाइजात्रा मनाउने थिती बसाले ।

वर्तमान अवस्थामा गाइजात्रा सबैको चाड भएको छ । कलाकारहरुले प्रहसनलगायतका कार्यक्रम चलाउने गर्छन् । कलाकारहरुलाई आधा महिनासम्म यो चाडले छुन्छ । गाइजात्राको महत्व झन् बढेको छ । Photo File: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्