Logo

“राजाले अंगुर वाइन पिउलान् यीनले त होली वाइन पिए” (भिडियोसहित)



काठमाडौं । गाइजात्रा पर्वमा हाँस्यकलाकार राजाराम पौडेल सरकार र राजनीतिक दलका शिर्ष नेताप्रति निकै कडा रुपमा प्रस्तुत भए । ३१ साउनको रिपोर्टर्स क्लब नेपालको गाइजात्रा विशेष साक्षात्कारमा उनले राजाले अंगुरको वाइन मात्र पिउने तर नेताहरुले होली वाइन पिएको भन्दै व्यङ्ग्य गरे ।

पाका हाँस्यकालाकार पौडेलले राजतन्त्र फर्कने सम्भावना औल्याउँदै भने, “राजाले बरु अंगुरको वाइन खालान् तर होली वाइन खाँदैनन् ।” पछिल्लो समय राजतन्त्र फर्कने हल्ला चलिरहँदा नेताको व्यवहारबाट वाक्क भएका र राजाले देश बेच्न नसक्ने जनाए ।‘ उनले भने ‘ऋषि जीले नेपाली कागज ल्याउनु भएको भए म हस्ताक्षर गरेर दिन सक्छु राजाले देश बेचेको ईतिहास छैन ।’

अहिलेको संघीयताले पनि देशलाई कंगाल बनाउदै लगेको उनको आरोप रहेको छ । जनताले सोचे जस्तो देशमा परिवर्तन नआएको भन्दै उनले अहिलेका प्रदेश सांसद तथा माननियहरुले करोडौका गाडीको खरिद प्रक्रियाले राजा भन्दा पनि माथीको शैलि देखाई रहेको धारणा राखे ।

‘अहिलेका समाजिक सञ्जाल के भएको ? उनले प्रश्न गर्दै भने, दिसा पिसाव गरेकोे समाचारलाई प्राथमिक्ता दिएर प्रसारण प्रकाशन गरिरहेका छनन् ।’उनले भने ‘वास्तविक पत्रकार को हो भन्ने छुट्टयाउन गाहो, जता पनि जात्रा नै जात्रा । ’

समाजिक सञ्जालमा भाइरल भईरहने सेलिब्रेटिका वान पिस लुगाको मात्र यो देशमा चर्चा भईरहेको बताउदै कुनै विकास प्रेमि नेताको चर्चाको सधै अभाव हुँदै गएको उनले बताए ।

अहिलेको शासन व्यवस्था प्रतिको व्यङ्गमा उनले भने, के के नै पाउन्छौ भनेर लागीयो तर अहिले त केहि पाउन त परै जाओस देख्न समेत नपाएको उनले सुनाए ।

कार्यक्रमकै क्रममा आफुले प्रधानमन्त्रीको जिम्मेवारी पाए अहिलेको मन्त्री मण्डलमा भएका कुनैपनि नेतालाई मन्त्रीमण्डलमा नराख्ने बताए । अहिलेका नेताहरुले कानुन हेरेर नभई अनुहार हेरेर न्याय दिने खेल भईरहेको पनि सुनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot