Logo

पत्रकार रवि लामिछानेसहित तीन जनालाई म्याद थप गर्न अदालत लगियो



चितवन, ३१ साउन । आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पत्रकार रवि लामिछानेसहित तीन जनालाई प्रहरीले चितवन जिल्ला अदालत लगेको छ । आज बिहान प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई जिल्ला अदालत चितवन लगेको हो ।

चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले आत्महत्या दुरुत्साहन गरेको आरोपमा अनुसन्धानका लागि म्याद लिन तीनै जनालाई अदालत लगिएको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्यासम्बन्धी घटनामा मुछिएका उनीहरुलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।लामिछानेका समर्थकले रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय चितवन अगाडि प्रदर्शन गरेका छन् ।

उनीहरुले नाराबाजीसहित प्रदर्शन गरेका हुन् । लामिछानेसँगै युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरी बिहीबार राति चितवन ल्याएको थियो । कडा सुरक्षाकाबीच उनीहरुलाई मध्यरात १ बजे चितवन पुर्‍याइएको हो ।



प्रतिक्रिया दिनुहोस्