Logo

आजबाट ला लिगा सुरु, पहिलो खेल बार्सिलोना र एथ्लेटिको बिल्बाओबीच हुने



काठमाडौं, ३१ साउन । स्पेनिस लिग फुटबल ‘ला लिगा’को नयाँ सिजन आजबाट सुरु हुँदैछ । आज राति साविक विजेता बार्सिलोनाले एथ्लेटिक बिल्बाओसँग खेल्दै लिगको सुरुवात गर्नेछ । यो खेलमा बार्साका स्टार खेलाडी लियोनल मेस्सी हुने छैनन् । पिडुँलाको चोट बोकेका मेस्सीले अहिले टिमभन्दा बाहिर छुट्टै अभ्यास गरिरहेका छन् ।

मेस्सी पूर्णरुपले फिट नभएकोले आफुले कुनै जोखिम उठाउन नचाहेको बार्सिलोनाका मुख्य प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले बताएका छन् । स्पेनिस लिग फुटबलमा पहिलो हप्ताका अन्य खेलहरुमा रियाल मड्रिडले सेल्टा भिगोसँग खेल्दा एथ्लेटिको मड्रिडको भिडन्त गेटाफेसँग हुनेछ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्