Logo

स्कुल विभाग ईश्वर पोखरेललाई, नारायणकाजीले पाए प्रचार विभाग



साउन ३१, काठमाण्डौ । सत्तारुढ दल नेकपाको सचिवालय बैठक सकिएको छ । भर्खरै सकिएको बैठकले विभागको जिम्मेवारी कसलाई दिने भन्ने टुङ्गो लगाएको छ ।

आजको बैठकले सबैभन्दा धेरै विवादमा रहेको स्कुल विभागको संयोजक ईश्वर पोखरेललाई बनाउने निर्णय गरेको छ । यही विभागको दावी गर्दै आएका नारायणकाजी श्रेष्ठलाई भने प्रचार विभाग दिइएको छ ।

त्यसैगरी विदेश विभागमा माधवकुमार नेपाल र नीति तथा अध्ययन विभागमा झलनाथ खनाल तोकिएको छ । यसअघि नै सहमति भइसकेका भनिएको संगठन विभागमा बामदेव गौतम नै पक्का भएका छन् ।

अर्थ विभागको प्रमुखमा सुरेन्द्र पाण्डेको नाम टुंगो लगाएको छ । जनवर्गीय संगठनसम्बन्धी विभागीय प्रमुखको भने टुंगो लाग्न बाँकी छ ।आजको बैठकले सातवटै प्रदेशमा सहइन्चार्ज थप्ने निर्णय पनि गरेको छ । यस अघि प्रदेशमा इन्चार्ज मात्रै राख्ने निर्णय गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्