Logo

‘फूलमती’ को म्युजिक-भिडियो सार्वजनिक, मुख्य रोलमा सागर (भिडियोसहित)



काठमाडौं, ३१ साउन । गायक रोशन बालुवा र गायिका स्मिता बोहराको ‘फूलमती’ नामक नयाँ गीत सार्वजनिक भएको छ। चर्चित संगीतकार टंक बुढाथोकीको युट्युब च्यानलमार्फत उक्त गीत आज सार्वजनिक गरिएको छ ।

डि.पी. खनालको शब्द रचना रहेको उक्त गीतमा रोशन बालुवाले नै संगीत भरेका छन् । त्यस्तै, गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन् । उक्त गीतको कोरियोग्राफी भने मोडलसमेत रहेका सागर कार्कीले गरेका हुन् । गीतको मुख्य भूमिकामा सागरसहित स्मिता बोहरा रेग्मी र अञ्जु विश्वकर्मा देखिएका छन् ।

गीतको छायांकन भने जनक अधिकारीले गरेका हुन भने भिडियो निर्देशन सोनु कुमारले गरेका हुन्। गीतमा मिक्सिङ भने सन्तोष पौडेलले भरेका छन् । भिडियो ललितपुरको भैंसेपाटीमा छायांकन गरिएको मोडल कार्कीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्