Logo

पार्टी पोजिशनलाई लिएर झलनाथको झगडा



काठमाडौं, ३१ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले आज बसेको सचिवालय बैठकमा मर्यादाक्रमलाई लिएर झगडा गरेको खुलासा भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकको अन्तिममा नेता खनालले आफूलाई अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डपछिको मर्यादामा राख्नुपर्ने माग गरेका थिए ।

आजको बैठकले पार्टीको उपाध्यक्षमा पूर्व उपप्रधानमन्त्री समेत रहेका सचिवालय सदस्य वामदेव गौतमलाई प्रस्ताव गरेपछि नेता खनालले यस्तो माग गरेका हुन् । नेता खनालले आफूलाई पार्टीमा ओली–प्रचण्डपछि सेकेण्ड म्यान चाहिने माग गरेका थिए ।

तर, अध्यक्ष ओलीले यस विषयमा बरिष्ठ नेता माधव कुमार नेपालसँग कुरा गरेर टुँगो लगाउने आश्वास दिएका थिए । नेता खनालले सुरुवातदेखि नै नेता नेपाललाई दोस्रो वरियतामा राखिएकोमा असन्तुष्टि राख्दै आएका थिए ।

Related News:

नेकपा सचिवालय बैठक सम्पन्न, वामदेवलाई उपाध्यक्ष बनाउने

नेकपाले टुँगो लगायो सबै विभागको प्रमुखहरु, कसलाई के जिम्मेवारी ? (सूचिसहित)



प्रतिक्रिया दिनुहोस्