Logo

पुटिनले क्रिमियामा मोटरसाइकल चढे



रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मोटरसाइकलका सौखिन हुन् । उनी बेला बेलामा मोटरसाइकल चढेको तस्वीर सार्वजनिक गरिरहन्छन् ।
यसपटक उनले मोटरबाइक चढेको तस्वीर सार्वजनिक भयो । १० अगष्टमा मोटरसाइकल शोमा सहभागी भए । नाइट वुल्भ्स नामको बाइकर समूहको १० औं वार्षिकोत्वसको शो क्रिमियामा भएको थियो ।

 

शोमा पुटिन आफैले मोटरसाइकल चलाएका थिए । समूहका प्रमुख अलेक्जेन्डर जाल्डोस्टानोभ पुटिनको पछाडि बसेका थिए । उनले वुल्भ्स समूहलाई बधाई दिए । क्रिमियामा पुटिनको बाइक शोलाई अर्थपूर्ण मानिएको छ । क्रिमियामाथि रुसले आधिपत्य जमाएपछि युक्रेनसँग विवाद बढेको छ ।-एजेन्सी, Photo Source: Tass



प्रतिक्रिया दिनुहोस्