Logo

फिल्डमै यसरी उत्रिए आइजीपी खनाल



काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल कार्यक्षेत्रमा आफै खटिने प्रहरी हुन् । उनी कहिले राजमार्गमा प्रहरी कार्यालयहरुको भ्रमण गर्छन् त कहिले प्रहरी कार्यालयमा आकस्मिक भ्रमण गर्छन् । उनी त्यहाँ भइरहेको कामबारबाहीको समेत जानकरी लिन्छन् । यसपटक उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगे । त्यहाँ कार्यरत प्रहरीहरु कमान्डर पुग्दा शतर्क भए ।

देशको एक मात्र अन्तराष्ट्रिय विमानस्थलको आकस्मिक भ्रमण गरी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कडा निर्देशन दिए । ३० साउनमा भ्रमण गरी त्यहाँ कार्यरत नेपाल प्रहरीका कर्मचारीहरूलाई यात्रुहरुसँग सभ्य, शिष्ट र यात्रुमैत्री व्यवहार गरी स्मार्ट प्रहरीको रुपमा प्रस्तुत हुन निर्देशन दिए ।

खनालले प्रहरी कर्मचारीहरुले व्यक्तिगत एवम् पेशागत आचरण र व्यवहारमा थप सुधार गरी आफ्नो जिम्मेवारीलाई लगनशील, निष्पक्ष र निस्वार्थ भई बहन गर्न निर्देशन दिए । विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु खटिएकै ठाउँमा पुगेर उनीहरुले गरिरहेका यात्रु सुरक्षा जाँच, लगेज स्क्रिनिङ लगायतका हवाई सुरक्षासँग सम्बन्धित प्रहरीले गरिरहेका काम कारबाहीको अवलोकन गरे । कार्यालयमा प्रयोग भइरहेका सुरक्षा उपकरण र साधन स्रोतकाबारे जानकारी समेत लिए ।

साथै प्रहरी खनालले त्रिभुवनअन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीसँग भेटघाट गरी विमानस्थलमा सुरक्षालाई अझ प्रभावकारी बनाउन सुधार गर्नुपर्ने बारेमा छलफल समेत गरेका छन् ।
अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरका प्रमुख प्रहरी नायव महानिरीक्षक सुर्यप्रसाद उपाध्याय र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्री समेतको उपस्थिति रहेको थियो । –File Photo



प्रतिक्रिया दिनुहोस्