Logo

एउटै एयरलाइन्सले एक अर्ब डलर कमाई गर्ने हवाई रुट



एउटै हवाई रुटले एक अर्ब डलर कमाई गर्न सक्छ । बेलायतको ब्रिटिश एयरवेजले न्युयोर्कको जोन अफ केनेडी विमानस्थलबाट लण्डनस्थित हेथ्रु विमानस्थलमा गएको एक वर्षमा उडान भरेवापत् एक अर्ब १५ करोड डलर आम्दानी गरेको हो । उसले प्रत्येक महिना यो रुटमा ६०० उडान गर्छ ।

कान्टाज एयरवेजले मेलबर्नबाट सिड्नी उडान भरेवापत् एकै वर्षमा ८६ करोड डलर आम्दानी गरेको छ । इमिरेट्सले लण्डनबाट दुबई उडान गरेर ७९ करोड डलर कमाएको छ । यो तथ्यांक अप्रिल सन् २०१८ देखि मार्च २०१९ को आम्दानी हो ।

सिंगापुर एयरलाइन्सले लण्डनबाट सिंगापुरसम्म उडान गर्दा ७३ करोड डलर कमाएको छ । युनाइटेड एयरलाइन्सले सान फ्रान्सिस्कोबाट नेवार्क उडानबाट ६८ करोड डलर आम्दानी गरेको छ । अमेरिकन एयरलाइन्सले लस एन्जल्सबाट न्युयोर्क उडान गरेर ६६ करोड डलर कमाएको छ । कतार एयरवेजले लण्डनबाट हमाद उडान गरेर ६३ करोड डलर आम्दानी गरेको छ ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्