Logo

ट्रम्पले ग्रीनल्यान्ड किन्ने इच्छा गरेपछि…



विश्वकै विशाल हिउँको टापु, जनसंख्या मात्र ६० हजार । डेनमार्कको अधिनमा छ ग्रिनल्यान्ड । तर, यो टापु डेनमार्कभन्दा निकै ठूलो छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड किन्ने इच्छा व्यक्त गरे । उनले सार्वजनिक रुपमा ग्रिनल्यान्ड किन्ने चाहना बताए । यसले नयाँ विवाद र चासो जन्माएको छ । यद्यपि, ग्रिनल्यान्डले आफ्नो भूमि विक्रीमा नभएको प्रष्ट पारेको छ ।

आखिर ८० प्रतिशत हिउँले भरिएको ग्रिनल्यान्ड किन किन्न चाहन्छन् ट्रम्प ? व्यापारी सोचका उनले ग्रिनल्यान्ड खरिद गर्ने इच्छा जनाउनुमा त्यहाँ भएको प्राकृतिक स्रोत हो । ग्रिनल्यान्डमा युरेनियम, तेल, हीरा, सुन, फलाम जस्ता खानी प्रशस्त छ ।
अहिले ग्रिनल्यान्डमा हिउँ पग्लदैछ । यसले खानी संचालन सजिलो हुनसक्छ । त्यहाँ अमेरिकाले सैन्य स्वार्थ देखेको छ । आन्द्र महासागरको नजिक रहेकाले यसको सामरिक महत्व छ ।

अमेरिकाले विगतमा पनि अर्को देशको जमिन किनेको थियो । सने १९८७ मा अलास्का ७२ लाख डलरमा किनेको थियो । उसले स्पेनबाट फिलिपिनको टापु सन् १८९८ मा २ करोड डलर र डेनमार्कसँग भर्जिन आइल्यान्ड १९१७ मा २.५ करोड डलरमा खरिद गरेको थियो ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्