Logo

मसानघाटमा बस्नेलाई घर र रोजगारी



काठमाडौं ३२ साउन । हेटौंडा उपमहानगरपालिका–१२ मसानघाटमा बस्दै आएको पार्वती सुनार विक परिवाले घर र रोजागारी पाउने भएको छ ।

मसानघाटमा मलामी बस्न बनाइएको छाप्रोमा बस्दै आएका दलित परिवारका लागि हेटौंडा उपमहानगरपालिकाले दुईकोठे घर निर्माण गरी परिवारका एकजनालाई रोजगारी दिने भएको हो ।

newsसाउन २१ गते परिवारको दुःख र समस्याबारे नागरिक दैनिकमा समाचार प्रकाशित भएपछि उनीहरुको दयनीय अवस्थाबारे सरोकारवालाले चासो राखेका थिए ।

परिवर्तन सामूदायिक बनभित्र बस्दै आएको सो परिवारका लागि उपमहानगरपालिकाले पक्की घर बनाइदिने मेयर हरिबहादुर महतले बताए ।

उनका अनुसार परिवारका एक सदस्यलाई सरसफाइसम्बन्धी रोजगारीसमेत दिइनेछ । दुई बर्षदेखि मसानघाटमा बस्दै आएको विक परिवारमा पतिपत्नी, चार बर्षीय छोरा, ११, १० र डेढ बर्षीया गरी तीन छोरी छन् । -नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्