Logo

वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन



काठमाडौं । वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन भएको छ । उनको ३२ साउनको विहान निधन भएको हो ।

कलाकार कृष्ण मल्लले उनको निधन भएको जनाएका छन् । फेसबुकमार्फत् सुभद्रा अधिकारीलाई मल्लले श्रद्धाञ्जली दिएका छन् ।

लामो समयदेखि अस्वस्थ भएकी उनको निधन भएको हो । उनलाई चार वर्ष अघि निमोनियाको संक्रमण भएको थियो । पछिल्लो समय उनी स्वासप्रश्वासको समस्यामा परेकी थिइन् । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि राखिने र आजै अन्त्येष्टि गरिने परिवारले जनाएको छ । लामो समयदेखि अस्वस्थ भएकी उनलाई चार वर्ष अघि निमोनियाको संक्रमण भएको थियो ।

नेपाली चलचित्र क्षेत्रमा चरित्र अभिनेत्रीका रुपमा उनको ब्रान्ड बनेको थियो । कन्यादानमा उनले सासुको भूमिका निभाएर चर्चा बटुलेकी थिइन् । वासुदेव, वसन्ती, बाटोमुनीको फूललगायत लोकप्रीय चलचित्रमा उनले अभिनय गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्