Logo

पूर्व आइजीपी श्रेष्ठ साइकल लिएर मानसरोवर



काठमाडौं । सशस्त्र प्रहरी बलका पूर्व प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ साइकल लिएर मानसरोवर पुगेका छन् । मानसरोवर र तिब्बतको पठानको सुन्दर तस्वीरहरु श्रेष्ठले सामाजिक सञ्जालमा राखेका छन् ।

साइकलका सौखिन उनी पछिल्लो समय देशका विभिन्न भागमा पुग्ने गरेका छन् । यसपटक जनै पूर्णिमाको समय पारेर श्रेष्ठ मानसरोवर पुगेका हुन् ।

साइकलयात्रीका रुपमा पूर्व आइजीपी श्रेष्ठले पृथक परिचय बनाएका छन् । काठमाडौंका रैथाने भइकन सामान्य र सहज जीवनयापन गर्ने थोरै मानिसहरुमा पर्छन् । सेवानिवृत्त भएपछि उनी साइकलयात्रा गर्दै देशभर घुम्दै आएका छन् । त्यसबाहेक उनी संगित साधनमा पनि सक्रिय छन् ।

 

तस्वीर स्रोतः सिंहबहादुर श्रेष्ठको फेसबुक



प्रतिक्रिया दिनुहोस्